एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडले कार्लो एन्सेलोटीलाई मुख्य प्रशिक्षक नियुक्त गर्ने भएको छ ।
अन्तराष्ट्रिय समाचार संस्थाहरुले रियलले इटालियन प्रशिक्षक एन्सेलोटीलाई मुख्य प्रशिक्षकमा नियुक्त गर्ने जनाएका छन् ।
रियलको पहिलो रोजाईमा एन्सेलोटी रहेको मार्काले जनाएको छ ।
रियलले चाडै उनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको घोषणा गर्ने मार्काले जनाएको छ ।
मुख्य प्रशिक्षक जिनेदान जिदानले क्लब छाडेपछि रियलले पूर्व प्रशिक्षक एन्सेलोटीलाई ल्याउन लागेको हो ।
एन्सेलोटीले २०१३ देखि १५ सम्म रियलको टिम सम्हालेका थिए ।
६१ वर्षीय अनुभवी प्रशिक्षक इंग्लिस क्लब एभर्टनको मुख्य प्रशिक्षक रहेका छन् ।
त्यसअघि उनले इटालियन क्लब नापोलीको मुख्य प्रशिक्षक रहेका थिए ।
एन्सेलोटी तीन पटक च्याम्पियन्स लिग जित्ने तेस्रो प्रशिक्षक हुन् । उनले रियल मड्रिड र एसी मिलानमा रहँदा सो सफलता हात पारेका थिए ।
उनले यस अघि युभेन्ट्स,मिलन, चेल्सी, पीएसजी र बार्यन म्युनिखको प्रशिक्षक भएर काम गरिसकेका छन् ।