एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले युवा डिफेन्डर एरिक गार्सियालाई अनुबन्धित गरेको छ ।
बार्सिलोनाले इंग्लिस क्लब म्यानचेस्टर सिटीबाट डिफेन्डर गार्सियालाई अनुबन्धित गरेको हो ।
सेन्टर ब्याक गार्सियाले बार्सिलोनासँग २०२६ सम्मको सम्झौता गरेका छन् ।
बार्सिलोनाले २० वर्षीय डिफेन्डरको रिलिज क्लउज ४०० मिलियन युरो समेत राखेको छ ।
बार्सिलोनाकै एकेडेमीमा हुर्किएका स्पेनिस डिफेन्डर सन् २०१७ मा सिटी गएका थिए ।
गार्सियाले यस सिजन सिटीका लागि प्रिमियर लिगमा ६ खेल खेलेका थिए ।
च्याम्पियन्स लिगमा उनले ३ खेल खेल्ने मौका पाएका थिए ।
