एजेन्सी । पाकिस्तान सुपर लिग (पीएसएल) टी-ट्वान्टी क्रिकेट खेल्ने खेलाडी र अफिसियलको कोरोना परिक्षण गरिएको छ ।
पाकिस्तानको लाहोरमा शनिबार ६ टिमका खेलाडी र अफिसियलको कोरोना परिक्षण गरिएको हो ।
पीएसएलको बाँकी खेलका लागि युएई जानु अघि खेलाडी र अफिसियलले पीसीआर टेस्ट गराएका हुन् ।
कोरोना महामारीको कारण प्रतियोगिताको बाँकी खेलहरु युएईमा आयोजना हुँदैछ ।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) को प्रस्तावपछि युएईको आबुधाबी सरकारले पीएसएल गर्न अनुमति दिएको छ ।
यस अघि कोरोनाको कारण रोकिएको प्रतियोगिताको बाँकी खेलहरु जुन २ बाट हुने तालिका रहेको थियो ।
पीएसएलमा अब २० खेलहरु बाँकी रहेको छ ।
पीसीबीले दुई साता अघि प्रतियोगिता आयोजनाका लागि युएई क्रिकेट बोर्ड समक्ष प्रस्ताव गरेको थियो ।
फ्रेन्चाईज टिमले बाँकी रहेको खेलहरु युएईमा आयोजना गर्न आग्रह गरेपछि पीसीबीले युएईसामु प्रस्ताव गरेको हो ।
पीएसएलमा सहभागी ६ टिमले कराँचीमा तय भएको बाँकी खेल युएईमा गर्न पीसीबीलाई आग्रह गरेको थियो ।
कोरोना भाईरसको दोस्रो लहर बढेसँगै फ्रेन्चाईज टिमले बाँकी खेल पाकिस्तानमा नगराउन आग्रह गरेको हो ।
युएई पुगेपछि खेलाडी र अफिसियलहरु ७ दिन क्वारेन्टिनमा बस्नु पर्नेछ ।
यस्तै टिमका खेलाडीहरु ३ होटलमा बस्नु पर्नेछ । एक होटलमा दुई टिम रहने बताईएको छ ।