एजेन्सी । जर्मनीका विश्वकप विजेता मिडफिल्डर सामी खेडीराले फुटबल खेल जीवनबाट सन्यासको घोषणा गरेका छन् ।
जर्मन क्लब हेर्था बर्लिनबाट व्यावसायिक फुटबल खेलिरहेका खेडीराले सिजनको अन्त्यसँगै फुटबल बुट थन्काउने भएका छन् ।
बर्लिनले बुधबार मिडफिल्डर खेडीराले सन्यास घोषणा गरेको जनाएको छ । उनले ३४ वर्षको उमेरमा फुटबलबाट सन्यास घोषणा गरेका हुन् ।
जर्मनीले सन् २०१४ को विश्वकप जित्दा खेडीरा टिमका मुख्य सदस्य रहेका थिए ।
स्टुटगार्डबाट व्यावसायिक फुटबल सुरु गरेका खेडीराले रियल मड्रिड र युभेन्ट्सबाट समेत खेलेका थिए ।