एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटीका गोलकिपर एडर्सन मोरेसले प्रिमियर लिगको गोल्डेन ग्लोभ्स अवार्ड जितेका छन् ।
एडर्सनले चेल्सीले गोलकिपर एडोवार्ड मेन्डीलाई पछि पार्दै गोल्डेन ग्लोभ्स अवार्ड जितेका हुन् ।
सिटीलाई प्रिमियर लिगको उपाधि दिलाउन एडर्सनले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
एडर्सनले यस सिजन १८ क्लिन सिट राखेका थिए ।
एडर्सनले लगातार दोस्रो सिजन यस अवार्ड हात परेका हुन् ।
लगातार दुई सिजन यस अवार्ड जित्ने उनी तेस्रो गोलकिपर हुन् ।