स्कटल्याण्डको टिम घोषणा
बुधबार, ०५ जेठ २०७८खेलपाटी संवाददाता

एजेन्सी । स्कटल्याण्डले युरोकप फुटबलका लागि राष्ट्रिय टिमको घोषणा गरेको छ ।
स्कटल्याण्डले बुधबार युरोकप खेल्न २६ सदस्सीय टिमको घोषणा गरेको हो ।
स्कटल्याण्डले घोषणा गरेको टिममा तीन खेलाडी पहिलो पटक परेका छन् ।
विलि गिल्मोर, नाथन पिटेर्सन र डेभिड टुर्नबुलले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका छन् ।
युरोकप फुटबल जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुँदैछ ।
यस पटकको युरोकप युरोपका विभिन्न ११ शहरमा हुँदैछ ।








-1766593825391.webp&w=3840&q=75)




-1766583817323.jpg&w=3840&q=75)
