एजेन्सी । जर्मनीले युरोकप फुटबलका लागि राष्ट्रिय टिमको घोषणा गरेको छ ।
जर्मनीले बुधबार युरोकप खेल्न २६ सदस्सीय टिमको घोषणा गरेको हो ।
जर्मनीले घोषणा गरेको टिममा थोमस मुलर अटाएका छन् । बायर्न म्युनिखका स्ट्राइकर सन् २०१८ पछि पहिलो पटक टिममा परेका हुन् ।
म्याट हुम्लेसले पनि टिममा पुनरागमन गरेका छन् ।
बार्सिलोनाका गोलकिपर टेर स्टेगेन टिममा परेका छैनन् । घुँडाको चोटको शल्यक्रिया गर्ने भएपछि स्टेगेनले युरोकप नखेल्ने भएका हुन् ।
युरोकप फुटबल जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुँदैछ ।
यस पटकको युरोकप युरोपका विभिन्न ११ शहरमा हुँदैछ ।
