एजेन्सी । इङ्लिस प्रिमियर लिगको 'हल अफ फेम' सम्मानबाट फ्रान्क लाम्पार्ड सम्मानित भएका छन् ।
प्रिमियर लिगले बुधबार चेल्सीका पूर्व मिडफिल्डर तथा प्रशिक्षक लाम्पार्डलाई 'हल अफ फेम' बाट सम्मानित गरेको हो ।
यस अघि यस सम्मानबाट एलन शियरर, थियरी हेनरी, रोय केन र एरिक क्यान्टोना सम्मानित भएका छन् ।
प्रिमियर लिगले पूर्व खेलाडीलाई गर्ने यो उच्च सम्मान हो ।
लाम्पार्डले ६ सय ९ प्रिमियर लिग खेलमा १ सय ७७ गोल गरेका थिए । उनले ३ प्रिमियर लिग उपाधि जितेका थिए ।
चेल्सीका सर्वाधिक गोलकर्ता समेत रहेका लाम्पार्डले सबै खाले प्रतियोगितामा कुल २ सय ११ गोल गरेका थिए ।
