एजेन्सी । फ्रेन्च कप फुटबलको फाइनल खेल आज राति हुँदैछ ।
फाइनलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) र मोनाको भिड्ने छन् । फाइनल खेल राति १ बजे सुरु हुनेछ ।
स्टेड डे फ्रान्स स्टेडियममा दुबै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
पीएसजी फ्रेन्च कपको सर्वाधिक सफल टिम हो । पीएसजीले हालसम्म १३ पटक उपाधि जितेको छ ।
पीएसजी मोनाकोलाई हराएर थप अर्को उपाधि घर भित्र्याउन चाहन्छ ।
मोनाकोले पाँच पटक उपाधि जितेको छ । पीएसजीलाई हराएर मोनाको छैटौं पटक उपाधि आफ्नो बनाउन चाहन्छ ।
पीएसजीले सेमिफाइनलमा मोन्टपेलियरलाई पेनाल्टी सुटआउटमा ६-५ गोल अन्तरले पराजित गरेको थियो ।
यस्तै मोनाकोले सेमिफाइनलमा दोस्रो डिभिजनको क्लब रुम्ली भालियर्सलाई ५-१ गोल अन्तरले पराजित गरेको थियो ।