एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज लिभरपुलले बर्नलीसँग प्रतिस्पर्धा गर्दैछ ।
लिभरपुलले बर्नलीसँग उसैको मैदानमा खेल्नेछ । लिभरपुल र बर्नलीबीचको खेल राति १ बजे सुरु हुनेछ ।
लिभरपुल ६३ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । बर्नलीलाई हराएर लिभरपुल शीर्ष चारको सम्भावना कायम राख्न चाहन्छ ।
बर्नली ३९ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।
यस्तै आर्सनलले क्रिस्टल प्यालेससँग प्रतिस्पर्धा गर्नेछ ।
आर्सनलले क्रिस्टलसँग उसैको मैदानमा खेल्नेछ । खेल राति ११:४५ बजे सुरु हुनेछ ।
आर्सनल ५५ अंक जोडेर लिगको दशौँ स्थानमा रहेको छ ।
क्रिस्टललाई हराएर आर्सनल अंक तालिका सुधार गर्न चाहन्छ ।
क्रिस्टल ४४ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।
अर्को खेलमा एभर्टनले उल्भ्ससँग खेल्नेछ ।
त्यस्तै टोटेनहमले एस्टन भिल्लासँग खेल्दा न्युकासल युनाईटेडले सेफिल्ड युनाईटेडसँग खेल्नेछ ।
वेस्ट ब्रुम र वेस्ट ह्यामबीच समेत प्रतिस्पर्धा हुनेछ ।