एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा च्याम्पियन तथा शीर्ष स्थानको म्यानचेस्टर सिटी पराजित भएको छ ।
मंगलबार राति भएको खेलमा १० खेलाडीमा सिमित सिटी ब्राइटनसँग ३-२ गोल अन्तरले पराजित भएको हो ।
ब्राइटनको मैदानमा सुरुवाती दुई गोलको अग्रता बनाएपनि जोगाउन नसक्दा सिटी पराजित भएको हो ।
खेलको दोस्रो मिनेटमा इल्के गुन्डोगानले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।
दशौँ मिनेटमा जोआ क्यान्सेलोले रातो कार्ड पाएपछि सिटी १० खेलाडीमा समेटिएको थियो ।
४८ औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीको अग्रता २-० को बनाए ।

तर, ५० औं मिनेटमा लिन्ड्रो ट्रोसार्डले गोल गर्दै ब्राइटनलाई २-१ को स्थितिमा ल्याए ।
खेलको ७२ औं मिनेटमा एडम वेब्स्टरले गोल गरेपछि खेल २-२ को बराबरीमा पुग्यो ।
त्यसपछि खेलको ७६ औं मिनेटमा डानिल बुर्नले गोल गर्दै ब्राइटनलाई ३-२ को जित दिलाए ।
जितसँगै ब्राइटनले ३७ खेलमा ४१ अंक जोडेको छ ।
ब्राइटन १५ औं स्थानमा रहेको छ ।
सिटीले ३७ खेलमा ८३ अंक जोडेको छ ।
