एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड बराबरीमा रोकिएको छ ।
मंगलबार राति भएको खेलमा युनाईटेड फुलहमसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
घरेलु मैदानमा सुरुवाती गोलको अग्रता जोगाउन नसक्दा युनाईटेड अंक बाड्नु परेको हो ।
ओल्ड ट्राफोर्डमा १५ औं मिनेटमा एडिन्सन काभानीले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ७६ औं मिनेटमा जोइ ब्रायनले गोल गर्दै फुलहमलाई १-१ गोलको बराबरीमा फर्काए ।
यस बराबरीसँगै युनाईटेडले ३७ खेलमा ७१ अंक जोडेको छ ।
युनाईटेड दोस्रो स्थानमा यथावत रहेको छ ।
फुलहम २८ अंक जोडेर १८ औं स्थानमा रहेको छ ।
फुलहम रेलिगेसनमा यस अघि नै परिसकेको छ ।

अर्को खेलमा लिड्सले साउथह्याम्पटनलाई २-० ले हराएको छ ।
लिड्सको जितमा प्याट्रिक बामफोर्ड र टेलर रोबर्ट्सले एक एक गोल गरे ।