एजेन्सी । फ्रान्सले युरोकप फुटबलका लागि राष्ट्रिय टिमको घोषणा गरेको छ ।
फ्रान्सले मंगलबार राति युरोकप खेल्ने २६ सदस्सीय टिमको घोषणा गरेको हो ।
फ्रान्सले घोषणा गरेको टिममा करिम बेन्जिमाले पुनरागमन गरेका छन् ।
रियल मड्रिडका फरवार्ड बेन्जिमा ६ वर्षपछि टिममा परेका हुन् ।
बेन्जिमा २०१५ बाट राष्ट्रिय टिम बाहिर रहदै आएका थिए ।

उनी यौनकाण्डमा मुछिएपछि टिम बाहिर रहदै आएका थिए ।
३३ वर्षीय बेन्जिमाले पूर्व टिम मत माथियुलाई यौन भिडियो पठाएर ब्लाकमेल गरेको आरोप लागेको थियो ।
तर, उनले आरोपलाई नकार्दै आएका छन् ।
युरोकप फुटबल जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुँदैछ ।
यस पटकको युरोकप युरोपका विभिन्न ११ शहरमा हुँदैछ ।