एजेन्सी । म्यानचेस्टर युनाइटेडका मिडफिल्डर बुर्नो फर्नान्डेसले 'सर म्याट बस्बी प्लेयर अफ दि इयर' अवार्ड जितेका छन् ।
फर्नान्डेसले लगातार दोस्रो वर्ष प्लेयर अफ दि इयर अवार्ड जितेका हुन् ।
क्लबको समर्थकको भोटको आधारमा फर्नान्डेसले अवार्ड जितेका हुन् ।
अवार्ड जित्ने क्रममा उनले ६३ प्रतिशत भोट ल्याएको बताईएको छ ।
उनलाई विश्वको २ सय बढी देशका समर्थकले भोट गरेको युनाईटेडले जनाएको छ ।
पोर्चुगिज मिडफिल्डर फर्नान्डेसले २०२०/२१ को सिजन ३६ खेलमा १८ गोल र ११ गोलका लागि अस्सिट गरेका छन् ।
म्यानचेस्टर युनाइटेडको पूर्व प्रशिक्षक सर म्याट बस्बीको सम्मानमा युनाइटेडले हरेक वर्ष यस अवार्ड प्रदान गर्ने गर्छ ।
यस अवार्ड सर्वाधिक धेरै गोलकिपर डेभिड डे गियाले जितेका छन् । उनले ४ पटक जितेका छन् ।
यस्तै क्रिस्टियानो रोनाल्डोले ३ पटक जितेका थिए ।
यस्तै लुक शले खेलाडीहरुले छनोट गर्ने 'प्लेयर्स प्लेयर अफ दि इयर' अवार्ड जितेका छन् ।
