एजेन्सी । स्विडेनले युरोकप फुटबलका लागि राष्ट्रिय टिमको घोषणा गरेको छ ।
बेल्जियमले मंगलबार युरोकप खेल्ने २६ सदस्सीय टिमको घोषणा गरेको हो ।
स्विडेनले घोषणा गरेको टिममा भेट्रान स्ट्राइकर ज्लाटन इब्राहिमोविच अटाएका छैनन् ।
घुँडाको चोटका कारण इब्राहिमोविचलाई टिममा सामेल नगराईएको हो ।
इब्राहिमोविचले चोटका कारण राष्ट्रिय टिमका लागि खेल्न नसक्ने जानकारी गराएका थिए ।
इटालियन सिरी 'ए' अन्तर्गत युभेन्ट्सविरुद्धको खेलमा इब्राहिमोविचले चोट बोकेका थिए ।
३९ वर्षीय इब्राहिमोविच गत मार्चमा सन्यास फिर्ता लिंदै राष्ट्रिय टिममा फर्किएका थिए ।
सन्यास घोषणा गरेको पाँच वर्षपछि उनी राष्ट्रिय टिममा फर्किएका हुन् ।
इब्राहिमोविचले सन् २०१६ मा अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए ।
तर, क्लब फुटबलमा उत्कृष्ट प्रदर्शन गरिरहेका इब्राहिमोविच सन्यास फिर्ता लिदै टिममा फर्किएका हुन् ।
स्विडेनका लागि उनले १ सय १६ खेलमा ६२ गोल गरेका छन् ।
