एजेन्सी । इङ्लिस प्रिमियर लिगको 'हल अफ फेम' सम्मानबाट रोय केन र एरिक क्यान्टोना सम्मानित भएका छन् ।
प्रिमियर लिगले मंगलबार म्यानचेस्टर युनाईटेडका पूर्व कप्तानद्वय केन र क्यान्टोनालाई 'हल अफ फेम' बाट सम्मानित गरेको हो ।
यस अघि यस सम्मानबाट एलन शियरर र थियरी हेनरी सम्मानित भएका छन् ।
प्रिमियर लिगले पूर्व खेलाडीलाई गर्ने यो उच्च सम्मान हो ।
क्यान्टोनाले युनाईटेडका लागि १ सय ५६ खेलमा ७० गोल गरेका थिए । उनले चार पटक प्रिमियर लिग जितेका थिए ।
केनले युनाईटेडका लागि ३ सय ६६ खेल खेलेका थिए । मिडफिल्डर केनले युनाईटेडबाट ७ पटक प्रिमियर लिग जितेका थिए ।