एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका मिडफिल्डर टोनी क्रुसलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
रियलले मिडफिल्डर क्रुसलाई कोरोना पोजेटिभ देखिएको जनाएको छ ।
कोरोना संक्रमण देखिएपछि क्रुस शुक्रबारबाटै होम आईसोलेसनमा रहेको रियलले जनाएको छ ।
अब क्रुसले ला लिगाको यस सिजनको अन्तिम खेल गुमाउने छन् ।
जर्मनीका मिडफिल्डर क्रुसले आइतबार एथ्लेटिक बिल्बाओविरुद्धको खेल गुमाएका थिए ।
उक्त खेलमा रियलले १-० को जित निकालेको थियो ।
यस सिजन क्रुसले रियलका लागि ४२ खेल खेलेका छन् । जसमा ३ गोल गरेका छन् भने १२ गोलका लागि असिस्ट गरेका छन् ।