एजेन्सी । इटाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक रोबर्टो मान्सिनीले सम्झौता नवीकरण गरेका छन् ।
मान्सिनीले सोमबार इटाली फुटबल फेडेरसनसँग सम्झौता नवीकरण गरेका हुन् ।
सम्झौता नवीकरणसँगै मान्सिनीले २०२६ सम्म इटालीको टिम सम्हाल्ने छन् ।
५६ वर्षीय प्रशिक्षक मान्सिनीको इटालीसँगको सम्झौता २०२२ सम्म रहेको थियो ।
मान्सिनीले २०१८ बाट इटालीको टिम हेर्न थालेका हुन् । इटाली सन् २०१८ को विश्वकपमा छनोट हुन असफल भएपछि उनी मुख्य प्रशिक्षक बनेका थिए ।
त्यसअघि उनी म्यानचेस्टर सिटी र इन्टर मिलानको मुख्य प्रशिक्षक रहेका थिए ।