एजेन्सी । लिभरपुलका गोलकिपर एलिसन बेकरले वेस्ट ब्रुमविरुद्ध गरेको गोल आफ्ना निधन भएका बुबालाई समर्पित गरेका छन् ।
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति वेस्ट ब्रुमविरुद्धको खेलमा बेकरले गोल गरेका थिए ।
एलिसनको निर्णायक गोलपछि लिभरपुलले रेलिगेसनमा परेको वेस्ट ब्रुमलाई २-१ गोल अन्तरले पराजित गरेको थियो ।
एलिसनले खेलको इन्जुरी समयको अन्तिम मिनेटमा गोल गरेका थिए । ट्रेण्ड आर्नोल्डको कर्नर बलमा एलिसनले उत्कृष्ट हेड गोल गरेका थिए ।
'मलाई आशा छ की उहाले हेरिरहनु भएको छ । म पक्का छु उहाले भगवानसँग खुसी मनाई रहनु भएकोछ,' खेलपछि उनले भने ।
एलिसनको बुबा जोसे बेकरको गत फेब्रुअरीमा ५७ वर्षको उमेरमा निधन भएको थियो ।
ब्राजिलियन गोलकिपर एलिसन क्लबका लागि गोल गर्ने पहिलो गोलकिपर समेत हुन् ।
प्रिमियर लिगमा गोल गर्ने उनी छैटौं गोलकिपर हुन् ।