• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
नेपाल सुपर लिग सम्झिने १० घटना
नमीन ढकाल
सोमबार, जेठ ३, २०७८ नमीन ढकाल
नेपाल सुपर लिग सम्झिने १० घटना

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को पहिलो संस्करण सकिएको छ । काठमाडौं रेजर्सले पहिलो संस्करणको ट्रफी उचाल्यो । देशका विभिन्न ७ शहरलाई फ्रेन्चाईज गरि सञ्चालन गरिएको प्रतियोगिता २१ दिन चल्यो । प्रतियोगिताका दौरान केही राम्रा÷नराम्रा दृश्य देखिए । जसले एनएसएललाई सम्झाईरहने छ । प्रतियोगितालाई सम्झाउने १० दृश्यलाई हामीले यहाँ प्रस्तुत गरेका छौं ।

दर्शकविहीन खेल

दर्शक बिनाको खेलकुद खल्लोनै हुन्छ । सम्बन्धित खेललाई सफल बनाउने दर्शकलेनै हो । कोरोनाको दोस्रो लहरका कारण एनएसएलले दर्शक राख्न पाएन । बिना दर्शक प्रतियोगिता सञ्चालन भयो । प्रतियोगितानै नहुने अवस्था सिर्जना बनेको थियो । तर एन्फा, राखेप, मन्त्रालयले राम्रो भूमिका खेले ।

No description available.
करिब २० हजार दर्शक रहने दशरथ रंगशालाले बिना दर्शक २१ दिनको प्रतियोगिता समापन गर्याे । मैदानमा खेलाडी, रेफ्री, प्राविधिक टोली, ब्रोडकाष्टर, पत्रकार गरि दैनिकी करिब १ सय ५० जना उपस्थित हुने गरेका थिए । बिना दर्शक खेलाउँदा आयोजकले करिब ३ करोड रुपैयाँ गुमाएको अनुमान गरिएको छ ।

मान्जीले सिकाएको अनुशासन

एनएसएलको बलियो मानिएको विराटनगरले पहिलो संस्करणमा नराम्रो छाप छाड्यो । खेलको दौरान गोल अन्तरमा पछि परेपछि रेफ्रीमाथि आरोप लगाउँदै विराटनगरले खेलनै बहिस्कार गर्ने निर्णय गरेकोे थियो । विराटनगरका भारतीय ए लाईसेन्स प्रशिक्षक यान ल र केहि अफिसियलले मैदान भित्र रहेका खेलाडीलाई बाहिर निस्कन दबाब दिए । नेपाली सहित अन्य विदेशी खेलाडी मैदान बाहिर पनि निस्के । तर विदेशी खेलाडी पेड्रोे मान्जीले मैदान छाड्न मानेनन् ।

No description available.
उनलाई बारम्बार यान ल र अफिसियलबाट बाहिर निस्कन दबाब आएको थियो । तर एक अनुशासित र व्यवसायीक खेलाडीमा हुनुपर्ने गुण उनले देखाए । जुन दृश्यलाई समर्थकले निकैनै मन पराए । मान्जीको प्रशंसा गरे । लिगमा पुरा ६ खेलमा मान्जीले ४ गोल गरेका थिए ।

बिबादमुक्त हुन नसकेका रेफ्री

एनएसएलमा विवादको केन्द्रमा रहे, रेफ्रीका निर्णय । दुई गुटसहित घरेलु फुटबलमा आन्तरिक द्वन्दमा फसेको रेफ्री संघ मैदान भित्रसमेत विवाद मुक्त हुन सकेन । एन्फाले ७ रेफ्री र ९ सहायक रेफ्रीलाई एनएसएलमा खटाएको थियो । जसमा ४ फिफा रेफ्री र ६ सहायक फिफा रेफ्री थिए ।

No description available.


एनएसएलका लागि छनोट भएका सबै रेफ्रीले ए डिभिजन लिग खेलाएका थिए । प्रतियोगिताको दौरान विराटनगरका प्रशिक्षक यान ल सबैभन्दा बढि रेफ्रीविरुद्ध उत्रिए । उनले नेपाली रेफ्री भारतीय स्कुल स्तरको रहेको बताउँदै उनीहरु फुटबल विकास विरोधी भएको टिप्पणी गरेका थिए । अधिकांश टिमका प्रशिक्षकले रेफ्रीको निर्णयमा प्रश्न उठाएका थिए । रेफ्रीका केही निर्णय निकै आपत्तीजनक थिए ।

प्रत्यक्ष प्रशारणमा छलाङ

एनएसएल घरेलु लिग फुटबलमा सर्वाधिक हेरिने कीर्तिमान कायम राख्यो । विना दर्शन र साँझको फ्लड लाईटमा खेल भएका कारण फुटबलप्रेमीले युट्युबमा फुटबलको मज्जा लिए । लिग चरण र प्लेअफमा युट्युवमा हेर्ने दर्शक ३०–३५ हजार रहेका थिए ।

No description available.

फाइनल हेर्ने दर्शक ६० हजार माथि रहेका थिए । जुन छलाङ घरेलु लिगमा पहिलो पटक देखिएको हो । यसअघि राष्ट्रिय टोलीले खेलेको थ्री नेसन्स कपका भने ९० हजार बराबर दर्शकले प्रत्यक्ष प्रशारण हेरेका थिए ।

फेरि बाल गोपाल

राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा बाल गोपाल महर्जनले घरेलु फुटबलमा आफुलाई प्रमाणित गरिसकेका छन् । उनी उमेर समूह र सिनियर टोलीमा उपाधि विहिन हुनु परेको छैन । उनले यू–१९ पुरुष टोलीलाई साफ च्याम्पियनसिप जिताएका थिए । त्यसपछि उनले सिनियर टोलीलाई बंगबन्धु गोल्डकप, सोलिडारिटी कप, १३ औं दक्षिण एसियाली खेलकुद साग र घरेलु भुमिमा थ्री नेसन्स कपको उपाधि जिताए ।

No description available.

घरेलु लिगमा भने उनी सफल भैरहेका थिएनन् । मनाङ मस्र्याङ्दी, थ्रीस्टार जस्ता क्लब हेरेका उनी सधै उपाधि विहीन भए । तर पहिलो पटक आयोजना भएको फ्रेन्चाईज लिगमा भने उनी सफल भए । सुरुवाती केही खेलमा दबाबमा आएका उनी पछिल्ला ७ खेलमा भने अपराजित रहँदै उपाधि हात पारे ।


ललितपुरको पुनरागमन

पहिलो खेलमै पराजित ललितपुरले त्यस पछिका तीन खेलमा मात्र ३ अंक हात पारेको थियो । दुई खेल बाँकी रहदाँ ललितपुर प्लेअफमा पुग्ने गणितिय सम्भावना मात्र बाँकी थियो । मुख्य प्रशिक्षक प्रदीप हुँमागाई बर्खास्तमा परे । सहायक प्रशिक्षक राजु तामाङले कार्यवहाकको जिम्मेवारी पाए । त्यसपछि टिमले चमत्कारनै गर्यो । लगातार दुई खेल जित्दै प्लेअफमा स्थान बनायो ।

No description available.
प्लेअफमा समेत जित निकाल्दै इलिमिनेटर राउण्डमा स्थान बनायो । बुटबल लुम्बिनीलाई परािजत गरेको २२ घण्टामै मैदान उत्रिएको ललितपुरको विजयी यात्रामा काठमाडौंले ब्रेक लगायो । निकै खराब सुरुवात गर्दै प्रतियोगितामा पुनरागमन गरेको ललितपुरले तेस्रो स्थानमा रहदै प्रतियोगिताको अन्त्य गर्यो ।

चोटले थलिएको चिवतन

मार्की खेलाडी भरत खवास सहित विकास खवास र केही राम्रो विदेशी खेलाडी थिए, एफसी चितवनमा । प्रशिक्षकमा थिए, घरेलु फुटबलमा सफल प्रशिक्षक मेघराज केसी । तर खेल सुरु हुँदै जादाँ टोलीलाई चोटले पिरोल्दै लग्यो ।

No description available.

मार्की खेलाडी भरत सहित इजिष्टबाट आएका एक खेलाडीलाई ह्यामस्ट्रिङको समस्या आयो । भरपर्दा युवा डिफेण्डर विकास खवासले पनि चोट बोक्न पुगे । खेल अघिनै विकास तामाङले चोट बोके । अन्तिममा पारिवारीक समस्याका कारण मुख्य प्रशिक्षक केसीले समेत टोली छोड्नुपर्याे । पहिलो सिजन चितवनका लागि निकै दुखद रह्यो । उसले अन्तिम स्थानमा रहदै पहिलो संस्करणको यात्रा टुङ्गायो ।

औसत बुटवलको उत्कृष्ट नतिजा

गोलरक्षक विशाल श्रेष्ठ मार्की खेलाडी रहेको बुटबल लुम्बिनी प्रतियागिताको औसत टिम मानिएको थियो । टिममा खासै ठुला खेलाडी थिएनन् । तर औसत मानिएको बुटवलले पहिलो संस्करणमा सबैलाई आश्चार्यमा पार्दै प्लेअफमा स्थान बनायो ।

No description available.
सुरज विकले चोट बोकेपछि विराज महर्जनले टोलीमा स्थान बनाए । आन्तरिक समस्याका कारण विदेशी खेलाडी अर्माण्डले टिम छोडेपछि युवा स्ट्राइकर अभिषेक रिजालले स्थान बनाए । लिग चरणमा समान ८ अंक भएपनि पोखरा थण्डर्सलाई पराजित गर्दै बुटबल प्लेअफमा स्थान बनायो । यस क्लबले लिग चरणका दुई खेलमा स्पष्ट जित निकालेको थियो ।

सामाजिक सञ्जालमा क्लबको सक्रियता

एनएसएलमा क्लबहरुले तयारीको छोटो समय पाएका थिए । तर छोटो समयमा क्लबले राम्रो चर्चा बटुल्न सफल रहे । प्राय सबै क्लबले सामाजिक सञ्जाल र मिडियामा राम्रो छाप छाडे । सबै टिम मिडिया रणनीति सफल देखिए । त्यसैले पनि पहिलो संस्करणको एनएसएल सफल बन्न पुग्यो ।
सहभागी सातवटै क्लबले फेसबुक र इन्स्टाग्रामदेखि सामाजिक सञ्जाल र सञ्चार माध्यममा राम्रो प्रभाव जमाए । प्रशंसक बटुले । टिमको प्रचार सामाग्री बनाए । गीत सिर्जना गरे । भिडियो बनाए । सोही अनुसार क्लब, खेलाडीलाई ब्राण्डिङ गरे । हरेक खेल अघि र पछि सामाजिक सञ्जालमा बलियो उपस्थिती देखाए । यसले सम्बन्धित क्लबको प्रशंसक बटुल्न अवश्य सहयोग गर्नेनै छ । यसबाट ए डिभिजनका क्लबले पनि पक्कै केही सिक्ने मौका पाए ।

No description available.

खेलाडीलाई राहत

पहिलो फ्रेन्चाईज खेलाडीका लागि बरदान सावित भयो । करिब डेढ सय बढी खेलाडीले रोजगार पाए । कोरोनाकै समय भएकाले खेलाडी आर्थिक समस्यामा थिए । कम्तिमा खेलाडीले केही आर्थिक राहत पाए । मार्की खेलाडी सहितका केही सिनियर खेलाडीले एनएसएलबाट राम्रै आम्दानी गरे ।
केही नयाँ खेलाडीले आफुलाई प्रमाणित गर्ने अवसर पाए । पाँच तारे होटेलको सुविधामा खेलाडीले कर्पोरेट कल्चरमा खेल्ने मौका पाए । कोरोनाले थलिएको घरेलु फुटबललाई एनएसएलले प्राण हाल्ने काम गर्यो ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बेलिङघाम परिवारको ऐतिहासिक अवसर गुमायो
बेलिङघाम परिवारको ऐतिहासिक अवसर गुमायो
अञ्जली र सविनाले भुटानी लिग खेल्ने
अञ्जली र सविनाले भुटानी लिग खेल्ने
क्वार्टरफाइनलमा रियल र डर्टमुन्ड भिड्ने
क्वार्टरफाइनलमा रियल र डर्टमुन्ड भिड्ने
क्वार्टरफाइनलमा रियल
क्वार्टरफाइनलमा रियल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
बेलिङघाम परिवारको ऐतिहासिक अवसर गुमायो
बेलिङघाम परिवारको ऐतिहासिक अवसर गुमायो
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन
सिटी इन्डोर क्रिकेट च्याम्पियनसिप असार अन्तिम साता
सिटी इन्डोर क्रिकेट च्याम्पियनसिप असार अन्तिम साता
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
अञ्जली र सविनाले भुटानी लिग खेल्ने
अञ्जली र सविनाले भुटानी लिग खेल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP