एजेन्सी । बेल्जियमले युरोकप फुटबलका लागि राष्ट्रिय टिमको घोषणा गरेको छ ।
बेल्जियमले सोमबार २६ सदस्सीय टिमको घोषणा गरेको हो ।
बेल्जियमले घोषणा गरेको टिममा इडेन हाजार्ड अटाएका छन् ।
रियल मड्रिडका विंगर हाजार्ड हालै चोट मुक्त हुँदै मैदान फर्किएका छन् ।
युरोकप फुटबल जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुँदैछ ।
यस पटकको युरोकप युरोपका विभिन्न ११ शहरमा हुँदैछ ।
बेल्जियम समूह 'बी' मा रहेको छ ।
