एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटीका विंगर रियाद महरेजले सिटीबाटै करियरको अन्त्य गर्ने चाहना व्यक्त गरेका छन् ।
अल्जेरियाका कप्तान समेत रहेका महरेजले आफु सिटीमा खुसी रहेको बताउदै व्यवसायिक फुटबलको अन्त्य सिटीबाट गर्ने चाहना व्यक्त गरेका हुन् ।
३० वर्षीय विंगर सन् २०१८ मा लेष्टर सिटीबाट म्यानचेस्टर सिटी आएका हुन् ।
'सिटीमा मैले सहज अनुभव गरिरहेको छु । अरु कतै हेर्ने इच्छा छैन,' महरेजले एक अन्तर्वार्तामा भने, 'म सिटीका खुसी छु । यहिँ रहन चाहन्छु ।

सिटी आएपछि महरेजले २ प्रिमियरको उपाधि जितिसकेका छन् । यस अघि उनले लेष्टरबाट एक पटक उपाधि जितेका थिए ।
'म आफ्नो करियर इंग्ल्यान्ड र म्यानचेस्टर सिटीमा समाप्त गर्न चाहन्छु,' उनले थपे ।
महरेजले सितिबत ८५ खेल खेल्दै २७ गोल गरेका छन् ।