एजेन्सी । इटालियन सिरी ए फुटबलमा एसी मिलान बराबरीमा रोकिएको छ ।
आइतबार राति भएको खेलमा मिलान काग्लियारीसँग गोलरहित बराबरीमा रोकिएको हो ।
घरेलु मैदानमा पाएको मौकालाई सदुपयोग गर्न नसक्दा मिलान रोकिएको हो ।
यस बराबरीसँगै मिलानले ३७ खेलमा ७६ अंक जोडेको छ ।

मिलान चौंथो स्थानमा रहेको छ । मिलानको शीर्ष चारमा रहदै च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना कायम रहेको छ ।
यस्तै मिलानको बराबरीले युभेन्ट्सको पनि च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना देखिएको छ ।
पाँचौं स्थानको युभेन्ट्सको ७५ अंक रहेको छ ।
काग्लियारी ३७ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।