एजेन्सी । जर्मन बुन्डेस लिगा फुटबलमा बोरुसिया डर्टमण्डले सहज जित निकालेको छ ।
आइतबार राति भएको खेलमा डर्टमण्डले मैन्जलाई ३-१ गोल अन्तरले हराएको हो ।
खेलको २३ औं मिनेटमा राफेल गुइरेरोले गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाएका थिए ।
४२ औं मिनेटमा मार्को रिउसले गोल गर्दै डर्टमण्डलाई २-० को अग्रता दिलाए ।
खेलको ८० औं मिनेटमा जुलियनले गोल गर्दै टिमको अग्रता ३-० को बनाए ।

त्यसपछि खेलको इन्जुरी समयमा मैन्जका रोबिनले एक गोल फर्काएपनि डर्टमण्ड ३-१ ले विजयी भयो ।
यस जितसँगै डर्टमण्डले ३३ खेलमा ६१ अंक जोडेको छ ।
डर्टमण्ड तेस्रो स्थानमा रहेको छ ।
यस जितसँगै डर्टमण्डले शीर्ष चार पक्का गर्दै च्याम्पियन्स लिगमा छनोट भएको छ ।
डर्टमण्ड १० औं पटक च्याम्पियन्स लिगमा छनोट भएको हो ।
मैन्ज ३६ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।