• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
एनएसएलको 'ड्रिम टिम'
नमीन ढकाल
आइतबार, जेठ २, २०७८ नमीन ढकाल
एनएसएलको 'ड्रिम टिम'

काठमाडौं । पहिलो पटक आयोजना भएको नेपाल सुपर लिग (एनएसएल) फुटबल शनिबार सकिएको छ ।

नेपाल स्पोर्टस् म्यानेजमेन्टले आयोजना गरेको प्रतियोगिताको उपाधि काठमाडौं रेजर्सले जित्यो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा काठमाडौंले धनगढी एफसीलाई १-० ले हराएको थियो ।

बैशाख ११ गतेबाट संचालन भएको प्रतियोगितामा ७ फ्रेन्चाईच टिमको सहभागिता रहेको थियो ।

प्रतियोगितामा सहभागी टिमले अक्सनबाट खेलाडी छनोट गरेको थियो । ७ टोलीले अक्सनबाट ९८ खेलाडी किनेका थिए ।

सिंगल राउण्ड रोविन लिगपछि काठमाडौं, धनगढीसहित ललितपुर सिटी एफसी र बुटबल लुम्बिनी प्लेअफमा पुगेका थिए । एलिमिनेटर र क्वालिफायर खेलपछि काठमाडौं र धनगढीले फाइनलमा स्थान बनाएका थिए ।

कोरोना भाईरसको महामारीको कारण प्रतियोगिता दर्शकबिना बन्द रंगशालामा आयोजना गरिएको थियो ।

प्रतियोगिताको समापनसँगै लिगमा खेलाडीले गरेको प्रदर्शनको आधारमा हामीले ‘ड्रिम टिम’ अर्थात् उत्कृष्ट-११ सार्वजनिक गरेका छौं । जसमा विदेशी तथा स्वदेशी दुबै खेलाडीलाई स्थान दिएको छ । ‘ड्रिम टिम’ बनाउन 'ए' लाइसेन्स प्रशिक्षक  हरि खड्का र चेत नारायण श्रेष्ठले सहयोग गरेका हुन् ।

‘ड्रिम टिम’ ४–४–२ को संरचनामा बनाईएको छ ।

गोलरक्षक : किरण कुमार लिम्बु

डिफेण्डर : रन्जित धिमाल, फ्रान्कलिन कुएटा टला , पिटर सेगुन, दिनेश राजबंशी

मिडफिल्डर : मेसौके ओलोमोउ, तेज तामाङ, सन्तोष तामाङ, नुर्लान जाहिद

स्ट्राइकर : अन्जन बिष्ट, पेड्रो जाभियर मान्जी


किरण कुमार लिम्बु : (धनगढी एफसी)
किरण कुमार लिम्बु धनगढी एफसीका कप्तान तथा आईकोनिक खेलाडी हुन् । उनलाई क्लबले आईकोनिक खेलाडीको रुपमा भित्र्याउदा एक विदेशी कोटा गुमाउन पुगेको थियो । टोलीका अनुबन्धित भएसँगै मार्की खेलाडी विशाल राईलाई पछाडी पार्दै कप्तानी समालेका उनले मैदानमा पूर्ण रुपमा टोलीलाई नियन्त्रणमा राखे ।
नेपाल राष्ट्रिय टोलीका कप्तान समेत रहेका ३१ वर्षीय किरणले ८ खेलमा पूरा ७२० मिनेटनै मैदानमा बिताए । टोलीको नेतृत्वसँगै किरणले मैदानभित्र खेलाडीलाई उच्च मनोबल बढ्याउँदै फाइलनसम्म पुर्याउँन महत्वपूर्ण भुमिका गरे । उनले लतिपुरको एक पेनाल्टी समेत बचाएका थिए ।
प्रतियोगितामा किरणसँग २ क्लिन सिट रह्यो । किरण प्रतियोगिताको उत्कृष्ट गोलरक्षक समेत घोषित भए ।घरेलु लिगसँगै किरणलाई माल्दिभ्स टिसी स्पोर्टस् र भारतीय आईलिग पञ्जाब एफसीबाट दुई सिजन खेलको अनुभव रहेको थियो ।

रन्जित धिमाल (विराटनगर सिटी एफसी)
रन्जिन धिमाल पूर्व विराटनगर सिटी एफसीका मार्की खेलाडी तथा कप्तान हुन् । पेपरमा बलियो देखिएको बिराटनगर यद्यपि प्लेअफमा भने स्थान बनाउन सकेन । यद्यपि लेफ्ट ब्याक रन्जितले प्रतियोगितामा खेलेका ६ खेलमा निकैनै राम्रो प्रदर्शन गरे । विशेषतः विपक्षी अट्याकरलाई रोक्दै ओभर ल्यापमा बल बढाउने र क्रस गर्ने रन्जितको क्षमता हो र जुन निकैनै लोभलाग्दो हुने गर्दथ्यो । जसका कारण उनि अन्य लेफ्ट ब्याकलाई पछाडी पर्दै लिगको ड्रिम टिममा पर्न सफल भए ।
पूर्वका खेलाडी रहेका रन्जितले मैदानमा ४७० मिनेट बिताएका थिए । चोटका कारण भने ३० वर्षीय रन्जितले ३ खेलमा परिवर्तन हुँदै मैदान छाडेका थिए । पछिल्ला सिजनमा थ्रीस्टार, मछिन्द्रबाट खेलेका रन्जितको प्रभावशाली प्रदर्शन रहँदै आएको छ ।

पिटर सेगुन (ललितपुर सिटी एफसी)
पिटर सेगुन ललितपुर सिटी एफसीका सेन्टर डिफेण्डर हुन् । सुरुवाती ३ खेल भिषा प्रक्रियाका कारण गुमाएका पिटरले त्यसपछिका ५ खेलसम्म पूरा मैदानमा बताए । पछिल्ला ४ खेलमा अपराजित रहेको ललितपुरलाई इलिमेटर राउण्डसम्म पुर्र्याउन कसैको भूमिका महत्वपूर्ण थियो भने त्यो पिटर सेगेन हुन् ।
पछिल्लो समय थ्रीस्टार, मछिन्द्रहुदै २७ बर्षीय नाईजेरियन सेन्टर डिफेण्डर ललितपुर पुगेका हुन् । उनले एनएसएलमा ४५० मिनेट मैदानमा बिताए । आफ्नो पोसेसनमा मेहनतका साथ खटिने पिटरले बिपक्षी स्ट्राइकरहरुलाई सहजै खेल्न दिएनन् ।

फ्रान्कलिन कुएटा टला (धनगढी एफसी)
धनगढीले आफ्नो सेन्टर डिफेन्समा एर्नेष्ट टंम्पीलाई झिकाएकोथियो । पहिलो खेल खेलेका उनि घाइते भए । त्यसपछि दुई खेलमा सेन्टरको भुमिकामा रमेश दंगालले निर्वाह गरे । पहिलेनै सेन्टरमा अभाव देखेको उसले म्यामरुनका फ्रान्कलिन कुएटा टलालाई चौथो खेलमा अनुबन्ध गर्यो ।
अफ्रिकन रुटस् एसोसियसनबाट खेल्न आएका उनलाई भिषाको कुनै समास्यानै भएन र चौथो खेलमै मैदान प्रवेश गरे । पछिल्ला ५ खेलमा पूरा समय मैदान बिताएका २५ बर्षीय टलाले ४५० मिनेट धनगढीको जर्सीमा विताए । उनि एक खेलमा म्यान अफ दि म्याच समेत भए । विपक्षी अट्याकरलाई सहजै निगरानीमा राखी बिना दबाब खेल खेल्नु टलाको शैली हो ।

दिनेश राजवंशी (धनगढी एफसी)
धनगढीलाई एफसीको यी खेलाडीले पूरा समय मैदानमा बिताए । खासमा उनको मुख्य पोसेससन राईट ब्याक हो । तर यस प्रतियोगतामा टोलीको अभावसँगै दिनेश सेन्टरमा झरेर खेले । जहाँ उनले टोलीले दिएको भूमिकालाई न्याय दिलाए ।
२२ वर्षीय दिनेशको उच्च प्रदर्शनसँगै धनगढी फाइनल पुग्न सफल रह्यो । दिनेशनै प्रतियोगिताको उत्कृष्ट डिफेण्डर घोषित भए । ८ खेल खेल्दै दिनेशले अतिरिक्त ३० मिनेट गरि मैदानमा ७५० मिनेट बिताएका थिए । यस क्रममा उनले धनगढीको गोल लाईनबाट १ बल बचाएका थिए । अधिकतम २ लामा धनगढीमा आबद्ध भएका दिनेश नेपाल राष्ट्रिय फुटबल टोलीका सदस्य समेत हुन् । उनीसँग घरेलु लिगमा पुलिस र च्यासलबाट खेलेको अनुभव रहेको थियो ।

तेज तामाङ (काठमाडौं रेजर्स)
घरेलु लिग तथा अन्तराष्ट्रिय प्रतियोगितामा उच्च प्रदर्शन गर्दै आईरहेका तेजलाई काठमाडौं रेजर्सले अधिकतम २ लाखमा अनुबन्धन गरेको थियो । पहिलो खेलनै कोरोनाका कारण गुमाएका उनले त्यसपछिका ८ खेलमा सत प्रतिशत खेले र टोलीलाई उपाधिनै जिताए । अन्तिम खेलमा ह्यामिस्ट्रिङ चोटको कारण उनले उपाधि पछि सजिलै सेलेब्रेसन समेत गर्न सकेनन् ।
८ खेलमा अतिरिक्त ३० मिनेट सहित ७५० मिनेट खेलेका तेजले १ गोल समेत गरे । मैदानको बीच भागमा बल होल्ड गर्दै अट्याकरलाई बल उपलब्ध गराउने र बक्स बाहिरबाट लामा सट प्रहार गर्ने तेजको खुबी हो । घरेलु लिगमा पुलिसबाट खेल्दै आएका २३ बर्षिय तेज नेपालको उमेर समूहको समेत प्रभाबशाली खेलाडी हुन् ।

सन्तोष तामाङ (विराटनगर सिटी एफसी)
सन्तोष तामाङलाई विराटनगर सिटीले न्युनतम १ लाखमै खरिद गरेको थियो । उनको प्रदर्शन एनएसएलमा निकैनै उच्च रह्यो । बल होल्डिङ मिडफिल्डरको रुपमा रहेका २६ वर्षीय सन्तोषले केहि आकर्षक गोल समेत गरे । उनको गोल र खुबीको चर्चा निकै चल्यो । राष्ट्रिय टोलीका सदस्य सन्तोषले बल होल्ड गर्दै बक्स बाहिरबाट निकैनै सुन्दर बल प्रहार गर्ने र गोल गर्ने काम गरे ।
फ्रेण्डस् क्लब हुँदै हाल त्रिभुवन आर्मी फुटबल क्लबमा रहेका सन्तोषले टोलीलाई प्लेअफ र फाइनल सहित उपाधिदिलाउन नसकेपनि प्रतियोगितामा पूरा ६ खेल खेल्दै ३ गोल गरे । मैदानमा ५४० मिनेट बिताएका सन्तोषले चितवन, बुटबल लुम्बिनी र धनगढीलाई निकैनै आकर्षक गोल गरेका थिए ।

नुर्लान नोभ्रुजोभ जाहिद (ललितपुर सिटी एफसी)
अजरबैजान युथ टोलीका सदस्य नुर्लान नोभ्रुजोभ जाहिद पहिलो पटक नेपाल आएका हुन् । सुरुवाती केहि खेलमा लय समात्न नसकेका उनले पछिल्ला खेलहरुमा भने प्रभावशाली प्रदर्शन जारी राखे । विंगरको भूमिकामा रहेका होचा कदमा नुर्लानले ओभर ल्यापमा बल बढाउदै अट्याकरलाई सहजै क्रस गर्ने र बल उपलब्ध गराउने कार्य गरे । जसको खेल प्रेरित ललितपुर पुनरागमन गर्दै एलिमिनेटर राउण्डसम्म पुग्न सफल भयो ।
८ खेल खेलका नुर्लानले एक खेलमा भने चोट बोकदै मैदान छाड्न बाध्य भए । बुटबल लुम्बिनीविरुद्ध ४६ औं मिनेटमा चोट बोक्दै बाहिरिनु बाहेक उनले मैदानमा ६७६ मिनेट बिताए । अजरबैजानको यू १९ र २३ टोलीको अनुभव बोकेका २८ वर्षीय नुर्लानले एनएसएलमा २ गोल गरे ।

मेसौके ओलोमोउ (काठमाडौं रेजर्स)
मेसौके ओलोमोउ पहिलो संस्करण एनएसएलको पहिलो तथा अन्तिम ह्याट्रिक कर्ता रहे । विदेशी कोटोमा काठमाडौं रेजर्समा अनुबन्धित भएका क्यामरुनका यी खेलाडीले लिगमा सर्वाधिक ८ गोल गरे । उनी लिगको उत्कृष्ट मिडफिल्डर समेत चुनिए ।
यस अघि संकटा क्लबबाट ए डिभिजन लिग खेल्न आएका उनले लिगमा भने प्रभाव जमाउन सकेका थिएनन् । एनएसएलमा विंगर तथा स्ट्राइकर दुबै भूमिकामा रहेका मेसौकेले दुबै भूमिका सहजै निर्बाह गरे ।
पहिलो खेल ललितपुरविरुद्ध १ गोल गरेका उनले विराटनगरविरुद्ध ३ गोल, चितवनविरुद्ध १, एलिमिनेटर राउण्डमा ललितपुरविरुद्ध २ तथा फाइनलमा निर्णायक गरि प्रतियोगितामा ८ गोल पूरा गरेका हुन् ।
क्यामरुन यी खेलाडीको बल नियन्त्रणमा लिने र तिब्र गतिमा बल अगाडी बढाउदै फिनिसिङ गर्ने शैली निकैनै उत्कृष्ट थियो ।

अन्जन बिष्ट (ललितपुर सिटी एफसी)
ललितपुर सिटीका मार्की खेलाडी तथा कप्तान हुन् अन्जन बिष्ट । सुरुवाती ४ खेलमा ३ अंक मात्रै बनाएको ललितपुरले अन्तिम २ खेलमा सतप्रतिशत जित निकाल्दै प्लेअफ स्थान बनायो । एलिमिनेटर राउण्डसम्म पुगेको ललितपुरलाई अन्जनले मार्की खेलाडी र कप्तानी पालीको न्याय गरेका थिए ।
स्ट्राइकरको भुमिकामा होस् या विंगरको भूमिकामा होस् २३ वर्षीय अन्जन पुरा समय खटिएर खेले । ८ खेलमा पुरा ७२० मिनेट मैदान विताएका अन्जनले ३ गोल गरे । अन्जसँग घरेलु लिगमा मनाङ मर्स्याङ्दीसँगै विभिन्न अन्तराष्ट्रिय प्रतियोगिता खेलेको अनुभव छ । उनी एनएसएलको उत्कृष्ट स्ट्राइकर चुनिए ।


पेड्रो जाभियर मान्जी (विराटनगर सिटी एफसी)
स्पेनिस पेड्रो जाभियर मान्जी पहिलो पटक नेपाल आएका हुन् । व्यवसायिक खेलाडी मान्जीले सुपर लिगमा विराटनगर सिटी एफसीले अनुबन्धन गरेको हो ।
३२ वर्षीय मान्जीले सुपर लिगमा ६ खेल मात्रै खेल्न पाए । तर उनले मैदानमा आफुलाई प्रमाणित गरे । सुरुवाती केहि खेलमा उनि आफ्नो लय समात्नमै केन्द्रित रहे ।
आफ्नो लयसँगै मान्जीले पछिल्ला ३ खेलमा ४ गोल गरे । मैदानमा ५४० मिनेट बिताएका मान्जीको उत्कृष्ट फिनिसिङनै रुचाईएको बिषय हो । मैदानको मध्यभागबाट गोलरक्षक बिट भएपछि उनले चतुरताका साथ प्रहार गर्ने शैलीलाई नेपाली खेलाडी तथा प्रशिक्षकले रुचाएका छन् । उनले अन्तिम खेलमा मैदानमा देखाएको अनुशासनलाई भने नेपाली दर्शकले समेत तारिफ गरेका छन् । नेपालमा लामो समयको लिग हुने हो र उनको आगमन हुने हो भने मान्जी नेपालमा आउने विदेशी कोटाको सर्वश्रेष्ठ खेलाडी हुनेछन् ।

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बेलिङघाम परिवारको ऐतिहासिक अवसर गुमायो
बेलिङघाम परिवारको ऐतिहासिक अवसर गुमायो
अञ्जली र सविनाले भुटानी लिग खेल्ने
अञ्जली र सविनाले भुटानी लिग खेल्ने
क्वार्टरफाइनलमा रियल र डर्टमुन्ड भिड्ने
क्वार्टरफाइनलमा रियल र डर्टमुन्ड भिड्ने
क्वार्टरफाइनलमा रियल
क्वार्टरफाइनलमा रियल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
बेलिङघाम परिवारको ऐतिहासिक अवसर गुमायो
बेलिङघाम परिवारको ऐतिहासिक अवसर गुमायो
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन
सिटी इन्डोर क्रिकेट च्याम्पियनसिप असार अन्तिम साता
सिटी इन्डोर क्रिकेट च्याम्पियनसिप असार अन्तिम साता
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
अञ्जली र सविनाले भुटानी लिग खेल्ने
अञ्जली र सविनाले भुटानी लिग खेल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP