• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
काठमाडौं भर्सेस धनगढी : प्लेयर्स टु वाच
खेलपाटी संवाददाता
शनिबार, जेठ १, २०७८ खेलपाटी संवाददाता
काठमाडौं भर्सेस धनगढी : प्लेयर्स टु वाच

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को उपाधिका लागि आज (शनिबार) काठमाडौं रेजर्स एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उपाधि भिडन्त साँझ साढे ५ बजे सुरु हुनेछ ।

काठमाडौं र धनगढी यस प्रतियोगितामा तेस्रो पटक भिड्न लागेका हुन् ।

यस अघि लिग चरण र पहिलो प्लेअफमा भिडेका दुई टोली फाइनलमा पनि भिड्न लागेका हुन् । दुबै भेटमा काठमाडौं धनगढीसँग पराजित भएको थियो ।

प्रतियोगिताको फाइनल अघि दुबै टिमका कप्तान र प्रशिक्षक उपाधि जित्ने योजनासहित मैदान उत्रने बताईसकेका छन् ।

उपाधि भिडन्तमा दुबै टोलीलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी सहित युवा खेलाडीको साथ रहेको छ । तर, फाइनलमा दुबै टोलीलाई चोटले सताउने छ ।

धनगढीका अट्याकर आफिज ओलावाले र काठमाडौंका संजोक राई पूर्ण रुपमा फिट रहने छैनन् ।

धनगढीलाई कप्तान तथा आईकोनीक खेलाडी किरण कुमार लिम्बु, मार्की खेलाडी विशाल राई, डिफेण्डर दिनेश राजबंशी, निशान खड्का, अशोक खवास, फ्रान्कलिन टल्ला, ओलावाले आफिज, दर्शन गुरुङ, पुजन उपरकोटी लगायत खेलाडीको साथ रहनेछ ।

यस्तै काठमाडौंलाई कप्तान तथा मार्की विकेश कुथु सहित तेज तामाङ, छिरिङ गुरुङ, सुदिल राई, विश्वास श्रेष्ठ, मेसौके ओलुमोउ, स्टेफन बिनोङ आशिष गुरुङ लगायत खेलाडीको साथ रहेको छ ।

फाइनल खेलमा प्लेयर्स टु वाचमा धनगढीका दिनेश राजवंशी र काठमाडौंका लागि गोलरक्षक विकेश कुथु रहनेछन् ।

दिनेश राजवंशी (धनगढी एफसी)

राष्ट्रिय खेलाडी दिनेश राजवंशी जारी लिगमा धनगढीको सेन्टर डिफेन्सको भूमिकामा खेलिरहेका छन् । यस अघि उनि राईट डिफेन्समा खेल्दै आईरहेका थिए । तर, टोलीको आवश्यक्ता अनुसार सेन्टरमा खेलिरहेका दिनेशको प्रदर्शन प्रभावशाली रहँदै आएको छ । विपक्षी अट्याकरलाई चल्न नदिन उनि धनगढीको डिफेन्स लाईनमा पूरा समय छाईरहेका हुन्छन् । त्यसैले फाइनलमा पनि उनको प्रभाव जम्नेछ ।

अक्सनमा दिनेशलाई ललितपुर र धनगढीले अधिकतम २ लाखमा बिट गरेका थिए । गोलाप्रथामा भने उनी धनगढीका लागि भाग्यशाली रहे ।

नेपालको उमेर समूह तथा राष्ट्रिय टोलीबाट नियमित स्थान बनाउँदै आएका दिनेशले आफ्नो अनुभव फाइनलमा देखाउनेछन् । उनीसँग घरेलु लिगमा नेपाल पुलिस, मनाङ मर्स्याङ्दी गायत क्लबबाट खेलेका अनुभव छ ।

फाइनलमा विदेशी डिफेण्डर फ्रान्क्लिन टलाको साथ रहँदा २२ वर्षे दिनेशलाई काठमाडौंका मेसौके ओलामोउ, स्टेफन विलोङ, तेज तामाङ जस्ता खेलाडीले चुनौती पेश गर्नेछन् ।

विकेश कुथु (काठमाडौं रेजर्स)

विकेश कुथु काठमाडौं रेजर्सका लागि तीन भूमिकामा रहेका छन् । पहिलो मार्की, दोस्रो कप्तान तथा तेस्रो गोलरक्षक । उनी आफै भन्दै आईरहेका छन्, 'यो मेरो लागि ठुलो जिम्वेवारी र अवसर पनि हो ।' पहिलो पटक आफ्नो कप्तानीमा कुनै प्रतियोगिताको उपाधिका लागि खेल्दै गर्दा काठमाडौंका लागि कुथु महत्वपूर्ण खेलाडी हुनेछन् ।

नेपाल राष्ट्रिय फुटबल टोलीका लागि १२ औं तथा १३ औं दक्षिण एसियाली प्रतियागिता (साग) उपाधि जित्दा विकेशनै टोलीका महत्वपूर्ण खेलाडी हुन् । जसको अनुभव उनले फाइनलमा लिन सक्छन् । विकेशलाई घरेलु लिगमा मध्यपुर युथ एसोसिएसन तथा त्रिभुवन आर्मी फुटबल क्लबबाट खेलेको अनुभव छ ।

उपाधिका लागि खेल्दै गर्दा विकेशलाई धनगढीका अट्याकर आफिज ओलावाले, दर्शन गुरुङ, सौजन राई, बुद्ध बल तामाङ, पुजन उपरकोटी, विशाल राई जस्ता खेलाडीले चुनौती दिनेछन् ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चेल्सीलाई ट्रेबल उपाधि
चेल्सीलाई ट्रेबल उपाधि
भारतले रक्षा गर्‍यो साफ यु–१९ च्याम्पियनसिपको उपाधि
भारतले रक्षा गर्‍यो साफ यु–१९ च्याम्पियनसिपको उपाधि
चार क्लब रेलिगेसनबाट जोगिए, चार क्लबलाई अझै डर
चार क्लब रेलिगेसनबाट जोगिए, चार क्लबलाई अझै डर
झापाको जितले चार क्लबलाई रेलिगेसनबाट जोगायो
झापाको जितले चार क्लबलाई रेलिगेसनबाट जोगायो
मध्यपुर रेलिगेसनबाट जोगियो
मध्यपुर रेलिगेसनबाट जोगियो
अञ्जिला र साम्बा बन्द प्रशिक्षणमा सहभागी नहुने
अञ्जिला र साम्बा बन्द प्रशिक्षणमा सहभागी नहुने
umbro nepal
  • ताजा समाचार
  • खेल आज
चेल्सीलाई ट्रेबल उपाधि
चेल्सीलाई ट्रेबल उपाधि
भारतले रक्षा गर्‍यो साफ यु–१९ च्याम्पियनसिपको उपाधि
भारतले रक्षा गर्‍यो साफ यु–१९ च्याम्पियनसिपको उपाधि
रोयल्सको दोस्रो जित
रोयल्सको दोस्रो जित
चार क्लब रेलिगेसनबाट जोगिए, चार क्लबलाई अझै डर
चार क्लब रेलिगेसनबाट जोगिए, चार क्लबलाई अझै डर
झापाको जितले चार क्लबलाई रेलिगेसनबाट जोगायो
झापाको जितले चार क्लबलाई रेलिगेसनबाट जोगायो
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP