एजेन्सी । लिभरपुलका मुख्य प्रशिक्षक योर्गेन क्लोपले टिम अझै शीर्ष चारको होडमा रहेको बताएका छन् ।
प्रिमियर लिग अन्तर्गत बिहीबार राति म्यानचेस्टर युनाईटेडलाई पराजित गरेपछि क्लोपले टिम शीर्ष चारको होडमा रहेको बताएका हुन् ।
ओल्ड ट्राफोर्डमा लिभरपुलले युनाईटेडलाई ४-२ गोल अन्तरले हराएको थियो ।
'हामी अझै खेलमा छौँ । दौडमा छौँ । हामीले आज राति त्यो कम गरेका छौँ,' क्लोपले भने, 'हामीले चाडो रिकोभरी गर्दै जानु पर्नेछ । हामीले राम्रो खेलेका थियौं । जित्नका लागि राम्रो प्रदर्शन गर्यौं ।'
घरेलु टिमविरुद्ध सुरुवाती एक गोलको अग्रता उल्टाएर लिभरपुलले जित निकालेको हो ।
जितसँगै लिभरपुलले शीर्ष चारको आशा कायम राखेको छ ।
लिभरपुल ३५ खेलमा ६० अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।