एजेन्सी । नेयमारले युभेन्ट्सका फरवार्ड क्रिस्टियोनो रोनाल्डोसंग खेल्ने इच्छा ब्यक्त गरेका छन् ।
पछिल्लो समय पेरिस सेन्ट जर्मेन (पीएसजी)संग रोनाल्डो जोडिएका छन् ।
पीएसजीले सन् २०१७ मा नेयमारलाई बार्सिलोनाबाट अनुबन्धन गर्न विश्व कीर्तिमानी मुल्य २ सय २२ मिलियन युरो खर्चिएको थियो । जसले गर्दा नेयमारले आफुलाई समकालिन फुटबलमा उत्कृष्ट खेलाडीको रुपमा स्थापित गरेका थिए ।
ब्राजिलियन खेलाडी नेयमार नाउ क्याम्पमा लियोनल मेस्सी र लुईस स्वारेजसंग चम्किएका थिए । उनी अहिले विश्वस्तरीय टिमसंग पेरिसमा छन् । तर नेयमारले पाँच पटकका वालेन डी ओर विजेता खेलाडी रोनाल्डोसंग खेल्ने ईच्छा ब्यक्त गरेका हुन् । रोनाल्डो ईटालियन क्लब युभेन्ट्सबाट खेलिरहेका छन् ।
‘रोनाल्डोसंग खेल्ने मेरो ईच्छा छ । मैले यसअघिनै महान खेलाडी मेस्सी र केलियन एम्बाप्पेसंग खेलिसकेको छु । तर अहिलेसम्म रोनाल्डोसंग खेल्न पाएको छैन ।’ नेयमारले फ्रान्सेली पत्रिकासंगको अन्तरवार्तामा भनेका छन् ।

रोनाल्डोले ९ वर्ष रियल मड्रिडमा बिताएका युभेन्ट्स लागेका हुन् । उनी सन् २०१८ मा टुरिन क्लब पुगेर दुई सिरि ए समेत जितिसकेका छन् । तर रोनाल्डोले युभेन्ट्सलाई च्याम्पियन्स लिगको यात्रामा डो¥याउन सकेका छैनन् । च्याम्पियन्स लिगमा राम्रो गर्न नसकेपछि रोनाल्डोले सिजनको अन्तिममा क्लब छाड्न सक्ने बताईएको छ । पीएसजीले नयाँ सिजनका लागि रोनाल्डोलाई अनुबन्धनको प्रयास गर्ने ठानिएको छ ।
नेयमारले करियरमा २४ मुख्य उपाधि जितेका छन् । उनले सन् २००९ मा सान्तोषबाट व्यवसायीक फुटबल करियर सुरु गरेका थिए । २९ वर्षिया फरवार्डले दुई ला लिगा र च्याम्पियन्स लिग बार्सिलोनाबाट जिते । उनले पीएसजीबाट तीन पटक लिग वान विजेता बने । तर रोनाल्डोको तुलनामा नेयमारको उपाधि संख्या कम छ ।

म्यान्चेष्टर युनाईटेड र रियल मड्रिडका पुर्व खेलाडीले ३१ मुख्य उपाधि जितिसकेका छन् । उनले ७ लिग उपाधि जितेका छन्, तीन फरक देशबाट । रोनाल्डोले पाँच पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन् ।
ब्राजिललाई विश्वकप जिताउने मुख्य उद्धेश्य बोकेका नेयमारले पीएसजीलाई युरोपको उत्कृष्ट क्लब बनाउने बाचा सहित क्लबसंग भर्खरै ४ वर्षको नयाँ सम्झौता गरेका छन् ।
‘म विश्वकप जित्न चाहन्छु । योनै मेरो सधैको ठुलो सपना हो । तर पीएसजीबाट पनि म सबै उपाधि जित्न चाहन्छु ।’ नेयमारले भनेका छन् ।