एजेन्सी । इंग्लिस क्लब लिभरपुल तथा नेदरल्यान्ड्सका डिफेन्डर भर्जिल भान डाइकले युरोकप फुटबल गुमाउने भएका छन् ।
घुँडामा लागेको चोटको कारण भान डाइकले युरोकप गुमाउने भएका हुन् ।
भान डाइकले बुधबार आफुले युरोकप गुमाउने पुष्टि गरेका छन् ।
भान डाइकले युरोकप नखेल्ने निर्णय गर्नु आफ्नो सहि निर्णय भएको बताएका छन् ।
'युरोकपमा नजाने मेरो सहि निर्णय हो र म अन्तिम चरणको रिहाबमा हुनेछु । टिमसँग प्रि-सिजनको योजना छ,' क्लबको वेबसाइटसँग उनले भनेका छन् ।

भान डाइकले गत अक्टोबरमा चोट बोकेका थिए । उनले घुँडाको लिगामेन्टको चोटको शल्यक्रिया समेत गरेका थिए ।
डच डिफेन्डर भान डाइकले प्रिमियर लिग अन्तर्गत एभर्टनसँगको खेलमा चोट बोकेका थिए ।
मर्सिसाइड डर्बीमा एभर्टनका गोलकिपर जोर्डन पिकफोर्डको ट्याकलमा उनले चोट बोकेका थिए ।