एजेन्सी । स्पोर्टिङ लिस्बनले पोर्चुगिज प्रिमिरा लिगाको उपाधि जितेको छ ।
मंगलबार राति भएको खेलमा बोआभिस्टामाथि १-० को जित निकालेसँगै लिस्बनले उपाधि जितेको हो ।
लिस्बनलाई जित दिलाउन डियास फर्नान्डेसले निर्णायक गोल गरे ।
यससँगै लिस्बनले १९ वर्षपछि लिगको उपाधि जित्न सफल भएको छ ।
पछिल्लो पटक लिस्बनले सन् २००२ मा उपाधि जितेको थियो ।

प्रिमिरा लिगामा पछिल्लो समय बेन्फिका र पोर्टोको अधिपत्य रहदै आएको थियो ।
तर, यस सिजन उत्कृष्ट खेलिरहेको लिस्बनले अपराजित रहदै उपाधि जितेको हो ।
यस सिजन पराजित रहेको लिस्बनले मात्र १५ गोल खाएको छ ।
लिस्बन दोस्रो स्थानको पोर्टो भन्दा ८ अंकले अघि रहेको छ ।
यस सिजन प्रिमिरा लिगामा दुई खेल खेल्न बाँकी रहेको छ ।
