एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड पराजित भएको छ ।
मंगलबार राति भएको खेलमा युनाईटेड लेष्टर सिटीसँग पराजित भएको हो ।
लेष्टरलाई जित दिलाउन लुक थोमस र काग्लर सोयुन्चुले एक एक गोल गरे ।
युनाईटेडका मासन ग्रीनउडले एक गोल फर्काए ।
ओल्ड ट्राफोर्डमा थोमसले १० औं मिनेटमा गोल गर्दै लेष्टरलाई अग्रता दिलाएका थिए ।
तर, १५ औं मिनेटमा ग्रीनउडले गोल गर्दै युनाईटेडलाई १-१ गोलको बराबरीमा फर्काए ।

त्यसपछि खेलको ६६ औं मिनेटमा सोयुन्चुले गोल गर्दै लेष्टरलाई २-१ को जित दिलाए ।
युनाईटेडको यस हारसँगै म्यानचेस्टर सिटीले लिगको उपाधि जितेको छ ।
दोस्रो स्थानको युनाईटेड सिटी भन्दा १० अंकले पछि रहेको छ ।
युनाईटेडको ७० अंक रहेको छ । सिटीको ८० अंक रहेको छ ।
लेष्टर ६६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
अर्को खेलमा साउथह्याम्पटनले क्रिस्टल प्यालेसलाई ३-१ ले हराएको छ ।