एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार टिम बार्सिलोना बराबरीमा रोकिएको छ ।
मंगलबार राति भएको खेलमा बार्सिलोना लेभान्टेसँग ३-३ गोलको बराबरीमा रोकिएको हो ।
लेभान्टेको मैदानमा सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा बार्सिलोना बराबरीमा रोकिएको हो ।
खेलको २५ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।
३४ औं मिनेटमा पेड्रीले गोल गर्दा बार्सिलोनाको अग्रता २-० को बन्यो ।

खलेको ५७ औं मिनेटमा गोन्जालो मेलेरोले गोल गर्दै लेभान्टेलाई २-१ को स्थितिमा ल्याए ।
खेलको ५९ औं मिनेटमा जोसे लुइसले गोल गर्दै लेभान्टेलाई २-२ को बराबरीमा ल्याए ।
६४ औं मिनेटमा ओसुमाने डेम्बेलेले गोल गरेपछि बार्सिलोना ३-२ ले अघि रह्यो ।
तर, ८३ औं मिनेटमा लेभान्टेका सेर्जियो लिओनले गोल गरेपछि खेल ३-३ गोलको बराबरीमा सकियो ।
यस बराबरीसँगै बार्सिलोनाको उपाधि होडमा धक्का लागेको छ ।
बार्सिलोना शीर्ष स्थानमा उक्लन समेत असफल भएको छ ।

बार्सिलोना ३६ खेलमा ७६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
शीर्ष स्थानको एट्लेटिको मड्रिडको ७० अंक रहेको छ ।
लेभान्टे ४० अंक जोडेर १३ औं स्थानमा रहेको छ ।