एजेन्सी । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि जितेको छ ।
मंगलबार राति दोस्रो स्थानको म्यानचेस्टर युनाईटेड पराजित भएपछि सिटीले उपाधि जितेको हो ।
युनाईटेड घरेलु मैदानमा लेष्टर सिटीसँग २-१ ले पराजित भएको थियो ।

यससँगै सिटीले पाँचौं पटक प्रिमियर लिगको उपाधि जितेको छ ।
यस्तै पछिल्लो चार वर्षमा सिटीले तेस्रो पटक लिग जितेको हो ।
सिटीले तीन खेल बाँकी रहदै उपाधि जितेको हो ।
सिटी दोस्रो स्थानको युनाईटेड भन्दा १० अंकले अघि रहेको छ ।
शीर्ष स्थानको सिटीले ३५ खेलमा ८० अंक जोडेको छ ।
युनाईटेडको ७० अंक रहेको छ ।