एजेन्सी । बार्सिलोनाका पूर्व मिडफिल्डर आन्द्रेस इनिएष्टाले जापानी क्लब भिसेल कोबेसँग नयाँ सम्झौता गरेका छन् ।
स्पेनिस पूर्व स्टार इनिएष्टाले मंगलबार जे लिग क्लबसँग दुई वर्षको नयाँ सम्झौता गरेका हुन् ।
नयाँ सम्झौतासँगै इनिएष्टाले सन् २०२३ सम्म कोबेमा रहने छन् ।
इनिएष्टा सन् २०१८ मा जे लिग क्लबमा अनुबन्धित भएका थिए ।

२० वर्ष बार्सिलोनामा बिताएर इनिएष्टा जापान गएका थिए ।
३६ वर्षीय इनिएष्टाले कोबेका लागि ७७ खेल खेलेका छन् । इनिएष्टा १६ गोल र १८ गोलका लागि असिस्ट गरेका छन् ।
कोबेबाट उनले इम्पेरियर कप र जापानिज सुपर कप जितिसकेका छन् ।