एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले आज लेष्टर सिटीसँग प्रतिस्पर्धा गर्दैछ ।
युनाईटेडले घरेलु मैदानमा लेष्टरको सामना गर्नेछ । युनाईटेड र लेष्टरबीचको खेल राति १०:४५ बजे सुरु हुनेछ ।
ओल्ड ट्राफोर्डमा जित निकाल्दै युनाईटेड शीर्ष स्थानको म्यानचेस्टर सिटीसँग अंक दुरी घटाउन चाहन्छ ।
यस्तै युनाईटेड जित निकाल्दै सिटीको उपाधि होड लम्बाउन चाहन्छ ।
तर, बलियो टिम लेष्टरविरुद्ध जित निकाल्न युनाईटेडलाई सहज भने हुने छैन ।
लेष्टरविरुद्ध युनाईटेडका डिफेन्डर ह्यारी मग्वायरले खेल्ने सम्भावना कम रहेको छ । चोटको कारण मग्वायरले खेल्ने सम्भावना कम रहेको बताईएको छ ।
युनाईटेड ३४ खेलमा ७० अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
लेष्टर ३५ खेलमा ६३ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
लेष्टर घरेलु टोलीलाई हराएर शीर्ष चार बलियो बनाउन चाहन्छ ।
अर्को खेलमा साउथह्याम्पटनले क्रिस्टल प्यालेससँग खेल्नेछ ।
साउथह्याम्पटन र क्रिस्टलबीचको खेल राति १ बजे सुरु हुनेछ ।