काठमाडौंविरुद्ध धनगढी : प्लेयर्स टु वाच

काठमाडौं । पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को पहिलो प्लेअफ खेल आज हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो प्लेअफमा काठमाडौं रेजर्स एफसी र धनगढी एफसी भिड्दै छन् । काठमाडौं र धनगढीबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ ।
आज काठमाडौं धनगढीविरुद्ध बदला लिने सोचमा हुनेछ । आफ्नो दोस्रो खेलमा धनगढीले काठमाडौंलाई ३–० ले पराजित गरेको थियो । त्यसपछि भने काठमाडौं लयमा रहेको छ । चार खेल यता काठमाडौं अपराजित रहेको छ ।
यता, धनगढी काठमाडौंविरुद्ध दोस्रो भेटमा समेत जित निकाल्न चाहन्छ । उसले काठमाडौंको पछिल्ला खेलको आक्रामक शैलीलाई रोक्दै गोल गर्ने रणनीति तय गरेको छ ।
पहिलो प्लेअफमा काठमाडौंलाई राष्ट्रिय फुटबल टोलीका गोलरक्षक तथा मार्की खेलाडी विकेश कुथु सहित तेज तामाङ, संजोक राई, छिरिङ गुरुङ, विश्वास श्रेष्ठ, प्रतियोगिताका एक्ला ह्याट्रिक कर्ता विदेशी खेलाडी मेसोके ओलोमोउ, सुदिल राई लगायत खेलाडीको साथ रहनेछ ।
धनगढीलाई कप्तान तथा गोलरक्षक किरण कुमार लिम्बु, मार्की खेलाडी विशाल राई, दिनेश राजबंशी, दर्शन गुरुङ, पुजन उपरकोटी, निशान खड्का, विदेशी प्रभावशाली स्ट्राइकर आफिज ओलावाले, रुपेश केसी, बुद्ध बल तामाङ लगायत खेलाडीको साथ र हौसला रहनेछ ।
पहिलो प्लेअफमा काठमाडौंको लागि विदेशी खेलाडी मेसोके ओलोमोउ र धनगढीका लागि कप्तान किरण कुमार लिम्बु प्रभावशाली देखिन सक्छन् । उनीहरु खेलको प्लेयर्स टु वाचका रुपमा रहेका छन् ।
मेसोके ओलोमोउ (काठमाडौं रेजर्स )
विदेशी खेलाडी मेसोके काठमाडौं रेजर्सका प्रभाबशाली अट्याकर हुन् । घानाका अट्याकर मेसोके जारी एनएसएलमा ह्याट्रिक गर्ने एक्ला खेलाडी हुन् । बलमा तिब्र गति, बल कन्ट्रोल र उत्कृष्ट फिनिसिङ उनको ‘प्रोफाइल’ हो । विराटनगरविरुद्ध टोली २–० ले पछाडी रहँदा उनले दुई मिनेटमा दुई गोल गरेका थिए । विराटनगरविरुद्ध लगातार गोल गर्दै ह्याट्रिक पूरा गर्ने क्रममा मेसोकेले ‘जिरो इंगल’ बाट दर्शनीय गोल गरेका थिए । लिगमा उनले ५ गोल गर्दै शीर्ष स्थानमा आफुलाई राखेका छन् ।
मेसोके ले पछिल्ला दुई खेलमा ४ गोल गरेका छन् । उत्कृष्ट लयमा रहेका मेसुके प्लेअफको पहिलो खेलमा धनगढीकालागि टाउको दुखाईको विषय रहनेछन् । मेसोके लाई धनगढीविरुद्ध रक्षापंक्तीमा दिनेश राजबंशी र विदेशी खेलाडी फ्रान्किलिन कुईटे टल्ला जस्ता खेलाडीलाई बिट गर्न ठुलो चुनौती रहनेछ ।
किरण कुमार लिम्बु (धनगढी)
राष्ट्रिय फुटबल टोलीका कप्तान किरण कुमार लिम्बुलाई धनगढीले आईकोनिक प्लेयरको रुपमा टोलीमा भित्र्याएको हो । ठुलो रकममा भित्राएको किरणले टोलीको कप्तानी गरिहेरको छन् । मैदानभित्र सम्यमित र बल सहजै नियन्त्रणमा लिने र खेलाडीलाई खेल्नको लागि आत्माविश्वास दिलाउने काम गर्छन् किरण । खेलमा बिना प्रेसर विपक्षीको प्रहार निस्तेज पार्नु किरणको खुबी हो ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेका किरणसँग तिन ‘क्लिन सिट’ छ । पाँच वर्षपछि घरेलु लिगमा फर्किएका किरणलाई माल्दिभ्स शिर्ष डिभिजनसँगै भारतीय आई लिगको अनुभव रहेको छ । जुन अनुभवलाई उनले पहिलो प्लेअफमा भरपुर सदुपयोग गर्न सक्छन् ।
किरणलाई काठमाडौंका विदेशी खेलाडी मेसोके सहित राष्ट्रिय टोलीका मिडफिल्डर तेज तामाङ, संजोक राई टाउको दुखाईको बिषय बन्न सक्छन् ।










-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)