एजेन्सी । यूईएफए च्याम्पियन्स लिगको फाइनल खेल पोर्चुगलमा हुने सम्भावना बढेको छ ।
च्याम्पियन्स लिगको फाइनलमा दुई इंग्लिस क्लब म्यानचेस्टर सिटी र चेल्सी भिड्ने छन् ।
सिटी र चेल्सीबीचको फाइनल खेल मे २९ मा हुनेछ । फाइनल खेल टर्कीको इस्तानबुलमा हुने तालिका रहेको छ ।
तर, इंग्ल्यान्ड सरकारले कोरोना प्रभावित देशको यात्रामा लगाएको प्रतिबन्धको कारण फाइनल खेल पोर्चुगलमा सर्ने सम्भावना बढेको छ ।
युएईएफले मंगलबार फाइनल खेल स्थलबारे निर्णय गर्ने बताईएको छ ।
यस अघि युएईएफले इंग्ल्यान्डमै फाइनल गराउने योजना बनाएको थियो ।
तर, युएईएफ र बेलायती सरकारी अधिकारीबिचको वार्ता नमिलेको बताईएको छ ।