एजेन्सी । फुलहम इंग्लिस प्रिमियर लिग फुटबलबाट रेलिगेसनमा परेको छ ।
सोमबार राति बर्नलीसँग २-० गोल अन्तरले पराजित भएपछि फुलहम रेलिगेसनमा परेको हो ।
प्रिमियर लिगमा बढुवा भएकै सिजन फुलहम रेलिगेसनमा परेको हो ।
फुलहम रेलिगेसनमा पर्ने तेस्रो टिम हो । यस अघि सेफिल्ड युनाईटेड र वेस्ट ब्रुम रेलिगेसनमा परिसकेको छ ।
महत्वपूर्ण खेलमा फुलहम घरेलु मैदानमै बर्नलीसँग पराजित भएको हो ।
बर्नलीलाई जित दिलाउन एश्ले वेस्टउड र क्रिस उडले एक एक गोल गरे ।

खेलको ३५ औं मिनेटमा वेस्टउडले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ४४ औं मिनेटमा क्रिसले गोल गर्दै बर्नलीलाई २-० को जित दिलाए ।
जितसँगै बर्नलीले ३५ खेलमा ३९ अंक जोडेको छ । बर्नली १४ औं स्थानमा रहेको छ ।
फुलहम २७ अंक जोडेर १८ औं स्थानमा रहेको छ ।