• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
धनगढीसँग बदला लिने काठमाडौंलाई अवसर
नमीन ढकाल
मंगलबार, वैशाख २८, २०७८ नमीन ढकाल
धनगढीसँग बदला लिने काठमाडौंलाई अवसर

काठमाडौं । फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल)को प्लेअफका खेल आज सुरु हुँदैछ ।

मंगलबार काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो प्लेअफमा काठमाडौं रेजर्स र धनगढी फुटबल क्लबबीच प्रतिस्पर्धा हुदैछ ।

फाईनल पुग्ने लक्ष्य सहित दुवै टिम साँझ साढे ५ बजे मैदान उत्रनेछन् ।

सिंगल राउण्ड रोबिन लिगका आधारमा शीर्ष दुईमा रहेका टिम पहिलो प्लेअफमा भिड्न लागेका हुन् ।

जित निकाल्ने टोली सिधै फाइनल पुग्नेछ । पराजित हुने टोलीले फाइनल प्रवेशका लागि दोस्रो प्लेअफ विजेतासँग खेल्ने मौका पाउने छ ।

पहिलो प्लेअपमा काठमाडौंलाई धनगढीविरुद्ध बदला लिने अवसर हुनेछ । काठमाडौं आफ्नो दोस्रो खेलमा धनगढी एफसीसंग पराजित भएको थियो । विदेशी खेलाडी आफिज ओलावाले लय पक्रिएको खेलमा धनगढीले काठमाडौंलाई ३–० ले हराएको थियो ।

दुई हप्ताको अन्तरमा धनगढीविरुद्ध मैदान उत्रदै गर्दा काठमाडौं सजक हुनेछ । काठमाडौंका प्रशिक्षक बाल गोपाल महर्जन पहिलो पटक भएको हारलाई विश्लेषण गरेर धनगढीविरुद्ध उत्रने बताउँछन् । उनी आफ्नो टिम कुनै हालतमा जित निकाल्न लक्ष्य सहित मैदान उत्रने बताए ।

‘हारको दुई हप्ता पछि धनगढीविरुद्ध खेल्दैछौं । खेलाडी मनोबैज्ञानिक रुपमा तयार छन् । पछिल्लो जितहरुलाई निरन्तरता दिन खेल्छौं ।’ उनले भने ।

’पहिलो खेललाई हेरेका छौं । त्यसलाई ध्यान दिन्छौं । त्यो बेलाको मिडफिल्ड र अट्याक फरक छ । कुनैपनि हालतमा जितको लागि खेल्छौं ।’ प्रशिक्षक महर्जन भन्छन् ।

काठमाडौैंका मार्की खेलाडी तथा कप्तान विकेश कुथु समेत प्लेअफमा धनगढीविरुद्ध खेल्न तयार रहेको र आफ्नो तर्फबाट राम्रो प्रदर्शन दिने बताउँछन् ।

पहिलो खेलमा ललितपुरलाई १–० गोल अन्तरले पराजित गरेको काठमाडौं दोस्रो खेलमा धनगढीसंग पराजित भएको थियो । त्यसपछि टोलीले हार ब्यहोर्नु परेको छैन ।

तेस्रो खेलमा पोखराविरुद्ध गोल रहित बराबर खेलको उसले चौथो खेलमा भने बुटवल लुम्बिनीविरुद्ध १–० को जित निकालेको थियो । पाँचौ खेलमा भने काठमाडौंले विराटनगर सिटी एफसीसँग २–० गोल अन्तरले पछि परेको अवस्थालाई उल्ट्याउँदै ५–४ को रोमाञ्चक जित दर्ता गरेको थियो । अन्तिम खेलमा उसले चितवनलाई २–१ गोल अन्तरले पराजित गर्याे ।

धनगढी समेत काठमाडौंविरुद्ध लगातार जित निकाल्दै फाइनल यात्रा तय गर्न चाहन्छ । विदेशी तथा स्वदेशका अनुभवी र युवा खेलाडीको साथ पाएको धनगढी काठमाडौंविरुद्ध आक्रमक रुपमा उत्रने बताउँछ ।

विदेशी प्रशिक्षक फुजा तोपे काठमाडौंले पछिल्लो खेलमा देखाएको आक्रमणलाई रोक्दै गोल निकाल्नमा ध्यान दिने बताउँछन् ।

‘काठमाडौंको आक्रमण बलियो छ । त्यसलाई रोक्न रणनीति बुन्छौं र गोल निकाल्नमा ध्यान दिन्छौं । खेल निकैनै प्रतिस्पर्धात्मक हुनेछ ।’ फुजाले भने ।

धनगढीका कप्तान किरणले तयारी समय थोरै भएपनि प्लेअफ खेल्न तयार रहेको र खेल निकैनै प्रतिस्पर्धात्मक हुने बताउँछन् ।

‘तयारी कम रहेको छ । सेमिफाइनल (प्लेअफ)को लागि तयार छौं । लिग र नकआउटमा खेल फरक हुन्छ । खेल निकैनै प्रतिस्पर्धात्मक हुन्छ । बलियो हुन्छ ।’ राष्ट्रिय टोलीका कप्तान समेत रहेका उनी भन्छन् ।

आफ्नो पहिलो खेलमा विराटनगरसिटीसँग ३–० ले पराजित भएको धनगढी भने लिग चरणको अन्तिम खेलमा समेत हार ब्यहोर्न बाध्य भएको थियो । धनगढीले दोस्रो खेलमा काठमाडौंलाई पराजित गर्दा तेस्रो खेलमा ललितपुर सिटीसँग १–१ को बराबरी खेलको थियो । चौथो खेलमा भने चितवनलाई ३–० ले पराजित गरेको उसले पाचौ खेलमा समेत पोखरा थण्डर्सलाई १–० गोल अन्तरले पराजित गरेको थियो ।

काठमाडौंलाई राष्ट्रिय फुटबल टोलीका गोलरक्षक तथा मार्की खेलाडी विकेश कुथु सहित तेज तामाङ, संजोक राई, छिरिङ गुरुङ, विश्वास श्रेष्ठ, प्रतियोगिताका एक्ला ह्याट्रिककर्ता विदेशी खेलाडी मेसुके ओलोमोउ लगायतको साथ रहनेछ ।

धनगढीलाई कप्तान तथा गोलरक्षक किरण कुमार लिम्बुa, मार्की खेलाडी विशाल राई, दिनेश राजबंशी, दर्शन गुरुङ, पुजन उपर्काेटी, निशान खड्का, विदेशी प्रभावशाली स्ट्राइकर आफिज ओलावाले लगायत खेलाडीको साथ रहनेछ ।


धनगढीको प्रदर्शन :

विराटनगरविरुद्ध धनगढी ३–०

धनगढीविरुद्ध काठमाडौं ३–०

ललितपुरविरुद्ध धनगढी १–१

धनगढीविरुद्ध चितवन ३–०

धनगढीविरुद्ध पोखरा १–०

धनगढीविरुद्ध बुटबल लुम्बिनी ०–१

काठमाडौंको प्रदर्शन

काठमाडौंविरुद्ध ललितपुर १–०

धनगढीविरुद्ध काठमाडौं ३–०

काठमाडौंविरुद्ध पोखरा ०–०

बुटबल लुम्बिनीविरुद्ध काठमाडौं ०–१

काठमाडौंविरुद्ध विराटनगर ५–४

चितवनविरुद्ध काठमाडौं १–०

 

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जुझारु टिम, थाकेको नेतृत्व
जुझारु टिम, थाकेको नेतृत्व
कीर्तिमानी स्पेन
कीर्तिमानी स्पेन
पूर्णिमा चम्किँदा भुटानमाथि नेपालको सहज जित
पूर्णिमा चम्किँदा भुटानमाथि नेपालको सहज जित
भुटानसँग पहिलो हाफमै ३ गोलको अग्रता
भुटानसँग पहिलो हाफमै ३ गोलको अग्रता
भुटानविरुद्ध खेल्ने नेपालको सुरुआती ११ सार्वजनिक
भुटानविरुद्ध खेल्ने नेपालको सुरुआती ११ सार्वजनिक
लाकेनले अब क्याम्बोडियन प्रिमियर लिग खेल्ने
लाकेनले अब क्याम्बोडियन प्रिमियर लिग खेल्ने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
जुझारु टिम, थाकेको नेतृत्व
जुझारु टिम, थाकेको नेतृत्व
कीर्तिमानी स्पेन
कीर्तिमानी स्पेन
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
एनपीएल अनियमितताको छानबिन गर्न गठित कार्यदल निष्कर्षमा पुग्न सकेन !
एनपीएल अनियमितताको छानबिन गर्न गठित कार्यदल निष्कर्षमा पुग्न सकेन !
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP