बराबरीमा रोकियो रियल
सोमबार, बैशाख २७, २०७८खेलपाटी संवाददाता
एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड बराबरीमा रोकिएको छ ।
आइतबार राति भएको खेलमा रियल सेभियासँग २-२ गोलको बराबरीमा रोकिएको हो ।
रियलको अस्थाई मैदानमा फेर्नान्डोको गोलबाट २२ औं मिनेटमा सेभियाले अग्रता बनाएको थियो ।
तर, खेलको ६७ औं मिनेटमा मार्को एसेन्सियोले गोल गर्दै रियललाई १-१ गोलको बराबरीमा फर्काए ।
खेलको ७८ औं मिनेटमा इभान राकिटिकले पेनाल्टीमा गोल गर्दै सेभियालाई २-१ को अग्रता दिलाए ।
तर, खेलको इन्जुरी समयको चौंथो मिनेटमा इडेन हाजार्डले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याउदै रियललाई हारबाट जोगाए ।
यस बराबरीसँगै रियलले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।
तर, रियल लिगको दोस्रो स्थानमा भने उक्लिएको छ ।
रियलले ३५ खेलमा ७५ अंक जोडेको छ । शीर्ष स्थानको एट्लेटिको मड्रिडको ७७ अंक रहेको छ ।
सेभिया ७१ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।










-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)