एजेन्सी । चेल्सीको महिला टिमले सुपर लिगको उपाधि रक्षा गरेको छ ।
आईतबार अन्तिम खेलमा रिडिङलाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै चेल्सीले उपाधि उचालेको हो ।
चेल्सीको जितमा फ्रेन्क किर्बीले दुई गोल गरिन् ।
मेलानी लेउपोलन्जले खेलको दोस्रो मिनेटमै चेल्सीलाई अग्रता दिलाईन् । तेस्रो गोल साम केरको नाममा रह्यो । खेलको ७५ औं मिनेटमा एरिन कुथबर्टले चेल्सीका लागि पाँचौ गोल गरेकी थिईन् ।
दोस्रो स्थानको म्यान्चेष्टर सिटीले अन्तिम खेलमा वेस्ट ह्यामलाई हरायो ।
शीर्ष स्थानको चेल्सीको ५७ अंक रह्यो । सिटीले ५५ अंक जोड्यो ।
ईङ्ल्याण्डकी कीर्तिमानी खेलाडी फारा विलियम्सले रिडिङको कप्तानी गरेकी थिईन् । सन्यास अघिको फाईनल खेलमा उनले टिमको नेतृत्व गरेकी थिईन् । रिडिङले सातौं स्थानमा रहदै लिगको अन्त्य गर्यो ।

एम्मा हेसले चेल्सीको महिला टिमको नेतृत्व गरिरहेकी छिन् । उनको प्रशिक्षकत्वमा चेल्सीले यस सिजन लिग कपको उपाधि उचालिसकेको छ ।
चेल्सीले आगामी आईतबार महिला च्याम्पियन्स लिगमा बार्सिलोनासंग प्रतिस्पर्धा गर्दैछ । यस्तै एफ एकपको अन्तिम १६ को खलमा एभर्टनसंग मे २० मा प्रतिस्पर्धा गर्दैछ ।