एजेन्सी । प्रिमियर लिग फुटबलमा एभर्टनले वेस्ट ह्याम युनाईटेडलाई हराएको छ ।
आईतबार राति एभर्टनले घरेलु टोली वेस्ट ह्याम युनाईटेडलाई १–० ले हरायो ।
एभर्टनको जितमा काल्भर्ट लिविनले २४ औं मिनेटमा विजयी गोल गरेका थिए ।
नयाँ वर्ष सुरु हुन अघि एभर्टन प्रिमियर लिगको चौथो स्थानमा थियो । तर सन् २०२१ मा खेलिएका १८ लिग खेलमा उसले मात्र ६ खेलमा जित निकाल्न सक्यो ।
एभर्टन लिगको आठौं स्थानमा छ । तर एक खेल कम खेलेको एभर्टन सातौं स्थानको टोटेनहमसंग एक अंक र पाँचौ स्थानको वेस्ट ह्यामसंग ३ अंकले पछि छ ।