एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले पुनरागमन जित निकालेको छ ।
आइतबार भएको खेलमा युनाईटेडले १० खेलाडीमा सिमित एस्टन भिल्लालाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
एस्टनको मैदानमा एक गोलको अग्रता उल्टाएर युनाईटेडले सहज जित निकालेको हो ।
युनाईटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेस, मासन ग्रीनउड र एडिन्सन काभानीले एक एक गोल गरे ।
खेलमा सुरुवाती अग्रता भने एस्टन भिल्लाले २४ औं मिनेटमा बेर्ट्रान्ड ट्राओरेको गोलबाट बनाएको थियो ।

तर, दोस्रो हाफमा युनाईटेड खेलमा फर्कियो ।
खेलको ५२ औं मिनेटमा फर्नान्डेसले पेनाल्टीमा गोल गर्दै युनाईटेडलाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको ५६ औं मिनेटमा ग्रीनउडले गोल गर्दै युनाईटेडलाई २-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ८७ औं मिनेटमा काभानीले गोल गर्दै युनाईटेडलाई ३-१ को जित दिलाए ।
यस्तै ८९ औं मिनेटमा ओली वाट्कीन्सले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि एस्टन १० खेलाडीमा समेटिएको थियो ।
जितसँगै युनाईटेडले ३४ खेलमा ७० अंक जोडेको छ । युनाईटेड दोस्रो स्थानमा यथावत रहेको छ ।
एस्टन ४८ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा उल्भ्सले ब्राइटनलाई २-१ ले हराएको छ ।

एभर्टनकाे आश
आईतबार राति एभर्टनले घरेलु टोली वेस्ट ह्याम युनाईटेडलाई १–० ले हरायो । जितसंगै एभर्टनले च्याम्पियन्स लिग छनोटको सम्भावनालाई जिवितै राखेको छ ।
एभर्टनको जितमा काल्भर्ट लिविनले २४ औं मिनेटमा विजयी गोल गरेका थिए ।

नयाँ वर्ष सुरु हुन अघि एभर्टन प्रिमियर लिगको चौथो स्थानमा थियो । तर सन् २०२१ म खेलिएका १८ लिग खेलमा उसले मात्र ६ खेलमा जित निकाल्न सक्यो ।
एभर्टन लिगको आठौं स्थानमा छ । तर एक खेल कम खेलेको एभर्टन सातौं स्थानको टोटेनहमसंग एक अंक र पाँचौ स्थानको वेस्ट ह्यामसंग ३ अंकले पछि छ ।