रियल र सेभिया भिड्दै
आइतबार, बैशाख २६, २०७८खेलपाटी संवाददाता

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा आज साविक विजेता रियल मड्रिड र सेभियाबीच प्रतिस्पर्धा हुँदैछ ।
रियलले घरेलु मैदानमा सेभियासँग खेल्नेछ । रियल र सेभियाबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।
आज रियल जित निकाल्दै शीर्ष स्थानको एट्लेटिको मड्रिडसँग अंक बराबरी गर्न चाहन्छ ।
रियललाई जित निकाल्दै शीर्ष स्थानमा उक्लने अवसर समेत रहेको छ ।
तर, बलियो टिम सेभियाविरुद्ध जित निकाल्न रियललाई सहज भने छैन ।
सेभिया पनि जित निकाल्दै अंक तालिका सुधार गर्न चाहन्छ ।
रियल ३४ खेलमा ७४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
शीर्ष स्थानको एट्लेटिको ७७ अंक रहेको छ ।
सेभिया ७० अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
ला लिगा अन्तर्गत नै भिल्ला रियलले सेल्टा भिगोसँग खेल्नेछ ।
भ्यालेन्सियाले रियल भालाडोलिटसँग खेल्दा गेटाफेले इबरसँग खेल्नेछ ।










-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)