एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज म्यानचेस्टर युनाईटेडले एस्टन भिल्लासँग प्रतिस्पर्धा गर्दैछ ।
युनाईटेडले एस्टनसँग उसैको मैदानमा खेल्नेछ । युनाईटेड र एस्टनबीचको खेल ६:५० बजे सुरु हुनेछ ।
युनाईटेड एस्टनलाई हराएर दोस्रो स्थान कायम राख्न चाहन्छ ।
युनाईटेड ६७ अंक जोडेर लिगको दोस्रो स्थानमा रहेको छ ।
एस्टन ४८ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
प्रिमियर लिग अन्तर्गत नै आर्सनलले घरेलु मैदानमा वेस्ट ब्रुमसँग खेल्नेछ ।
यस्तै एभर्टनले वेस्ट ह्यामसँग खेल्दा उल्भ्सले ब्राइटनसँग खेल्नेछ ।