एजेन्सी । घरेलु टिम जिम्बावेविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा पाकिस्तानले बलियो सुरुवात गरेको छ ।
हरारेमा शुक्रबार पहिले ब्याटिङ गरेको पाकिस्तानले पहिलो दिनको खेल सकिदा ४ विकेट गुमाएर २ सय ६८ रन बनाएको छ ।
अजहर अली र अबिद अलीले शतकीय इनिङ्स खेलेपछि पाकिस्तान बलियो स्थितिमा पुगेको हो ।
अजहरले १ सय २६ रन बनाए । अबिद भने १ सय १८ रन बनाएर अविजित रहेका छन् ।

पाकिस्तानका अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
जिम्बावेका ब्लेसिङ मुजाराबानीले ३ विकेट लिए ।
दुई खेलको सिरिजमा पाकिस्तान १-० ले अघि रहेको छ ।
पहिलो टेस्टमा पाकिस्तानले एक इनिङ्स १ सय १६ रनको जित निकालेको थियो ।
