एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज लेष्टर सिटी र न्युकासल युनाईटेडबीच प्रतिस्पर्धा हुँदैछ ।
लेष्टरले घरेलु मैदानमा न्युकासलसँग प्रतिस्पर्धा गर्नेछ । लेष्टर र न्युकासलबीचको खेल राति १२ :४५ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा लेष्टर जित निकाल्दै तेस्रो स्थानलाई बलियो बनाउन चाहन्छ ।
लेष्टर ३४ खेलमा ६३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
घरेलु मैदानमा जित निकाल्दै लेष्टर शीर्ष दुई टोलिसँगको अंक दुरी समेत घटाउन चाहन्छ ।
न्युकासल ३६ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।
लेष्टरलाई हराएर न्युकासल अंक तालिका सुधार गर्न चाहन्छ ।