एजेन्सी । म्यानचेस्टर युनाईटेडका फरवार्ड एडिन्सन काभानीले युरोपा लिग फुटबलमा इतिहास बनाएका छन् ।
उरुग्वेका फरवार्ड काभानीले युरोपा लिग अन्तर्गत सेमिफाइनलको दुबै लेगमा दुई भन्दा बढी गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् ।
३४ वर्षीय काभानीले बिहीबार राति रोमाविरुद्धको दोस्रो लेगमा दुई गोल गरेका थिए । जुन खेलमा युनाईटेड ३-२ ले पराजित भएको थियो ।
यस अघि पहिलो लेगमा ६-२ को जित निकाल्दा काभानीले दुई गोल गरेका थिए । दोस्रो लेगमा पराजित भएपनि युनाईटेड समग्रमा ८-५ को जितसहित फाइनल पुगेको छ ।
काभानी युरोपियन प्रतियोगिताको सेमिफाइनलको दुबै लेगमा दुई भन्दा बढी गोल गर्ने दोस्रो खेलाडी हुन् ।
यस अघि सन् १९८५/८६ को सिजन जर्मनीका क्लाउस अलोफ्सले यूईएफ कपको सेमिफाइनलको दुबै लेगमा दुई भन्दा बढी गोल गरेका थिए ।
क्लाउसले क्लोनबाट खेल्दै बेल्जियमको के एस भीविरुद्धको दुबै लेगमा गोल गरेका थिए ।
काभानीले यस सिजन १५ युरोपा लिगमा १६ गोल गरिसकेका छन् ।