काठमाडौं । पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज दुई खेल हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुनेछ ।
ललितपुर र बुटवलबीचको खेल दिउँसो २:३० बजे सुरु हुनेछ ।
आज ललितपुर जित निकाल्दै प्लेअफ पुग्ने सम्भावना कायम राख्न चाहन्छ ।
ललितपुर ४ खेलमा ३ अंक जोडेर छैटौं स्थानमा रहेको छ । बुटवल पनि जित निकाल्दै प्लेअफ सुरक्षित गर्न चाहन्छ ।
बुटवल ४ खेलमा ५ अंक जोडेर चौंथो स्थानमा रहेको छ । ललितपुरलाई हराएमा बुटवल दोस्रो स्थानमा उक्लने छ ।

यस्तै दोस्रो खेलमा काठमाडौं रेजर्स र विराटनगर सिटी एफसीबीच प्रतिस्पर्धा हुनेछ । काठमाडौं र विराटनगरबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ ।
आज काठमाडौं जित निकाल्दै प्लेअफ सुरक्षित गर्न चाहन्छ ।
काठमाडौं ४ खेलमा ७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । जित निकालेमा काठमाडौंले शीर्ष स्थानको धनगढीविरुद्ध अंक बराबरी गर्नेछ ।
विराटनगर पनि जित निकाल्दै प्लेअफ सुरक्षित गर्न चाहन्छ । विराटनगर ४ खेलमा ७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।