एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ ।
आइतबार भएको खेलमा आर्सनलले न्युकासल युनाईटेडलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
न्युकासलको मैदानमा आर्सनललाई जित दिलाउन मोहमद इल्नेनी र पिएरे एम्रिक औबामियाङले एक एक गोल गरे ।
खेलको पाँचौ मिनेटमा मोहमदले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ६६ औं मिनेटमा औबामियाङले गोल गर्दै आर्सनललाई २-० को जित दिलाए ।
यस्तै खेलको इन्जुरी समयमा फाबियनले रातो कार्ड पाएपछि न्युकासल १० खेलाडीमा समेटिएको थियो ।
जितसँगै आर्सनलले ३४ खेलमा ४९ अंक जोडेको छ । आर्सनल नवौं स्थानमा रहेको छ ।
न्युकासल ३६ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।
